एबीएस भएको १०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक साइकल सार्वजनिक, यस्तो छ मूल्य

इलेक्ट्रीक मोबिलिटीमा भर्खरै १०० किलोमिटर रेन्ज दिने स्कुटरहरु उत्पादन हुन थालेको छन् । तर भारतमा १०० किलोमिटर रेन्ज भएको इलेक्ट्रीक साइकल सार्वजनिक भएको छ ।

नेक्सस मोविलिटीले पहिलो पटक १०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक साइकल सार्वजनिक गरेको हो । कम्पनीले रोडलार्क नामक इलेक्ट्रीक साइकल सार्वजनिक गरेको छ । यसमा अर्को रोचक कुरा के छ भने यो साइकलमा डबल डिस्क ब्रेकका साथै एबीएस फिचर समेत समावेश रहेको छ ।

यो साइकलमा ५.२ एम्पीयर हावरको ब्याट्री प्याक साइकलमा नै फिक्स गरिएको छ भने ८.७ एम्पीयर हावरको पोर्टएबल ब्याट्री प्याक दिएको छ । यो साइकलको टप स्पीड क्षमता २५ किलोमिटर प्रतिघन्टा रहेको छ । यो ब्याट्री ३ देखी ४ घन्टामा फुलचार्ज गर्न सकिन्छ ।

कम्पनीले इ कर्मस कम्पनीलाई लक्षित गरेको यही साइकलको कार्गो भेरियन्ट समेत सार्वजनिक गरेको छ ।

कम्पनीले यो साइकलको भारतको मदुरै, चेन्नाई, गुरुग्राम, विजयपुर, अहमदाबाद र बल्लभगढ सहरमा आफ्नो नेटवर्क विस्तार गरेको छ । आगामी दिनमा कम्पनीले देशभर तथा अन्तर्राष्ट्रिय बजारमा समेत व्यापार विस्तार गर्ने योजना बनाएको छ ।

एक पटक फुलचार्ज गरेर १०० किलोमिटर यात्रा गर्न सकिने यो साइकलको सुरुवाती मूल्य ४४ हजार ८३ भारतीय रुपैयाँ रहेको छ ।


Back_to_top