काठमाडौं । हिरोको चर्चित मोटरसाइकल एक्सपल्स २०० र्याली सिरिज सार्वजनिक भएको छ । कम्पनीले ‘एफएमएससीआई’मा देखाइएको एक्सपल्स र्याली २०० लाई कम्पनीले इन्डियन नेशनल र्याली स्प्रीन्ट च्याम्पेनसीप २०२१ सहभागी गरेको हो ।
यसलाई हिरो स्पोर्ट टीमका युवाकुमारले मोडिफाइड क्लासमा र स्टक क्लासको विजेता विजेता बनाएका थिए । यो मोटरसाइकल एक्सपल्स २०० फोर भीको मोडिफाइ भर्सन हो ।
हिरोले यसको फ्रनट फेन्डरमा केही फिचर थप गरेको छ । राउन्ड हेडल्याम्प, कम्प्याक्ट फ्यूल ट्याङ्क, फ्ल्याट सिट डिजाइन, एरोडाइनामिक साइड प्यानल, नयाँ इन्जिन गार्ड, नयाँ एग्जस्ट, स्पोर्टी ग्राफिक र नयाँ टायरको प्रयोगले यसलाई निकै एड्भेन्चर लुक्स प्रदान गरेको छ ।
कम्पनीले यसको इन्जिनमा कुनै परिमार्जन गरेको छैन । यसमा एक्सपल्स २०० फोर भी कै १९९.६ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर फोर भल्भ इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ ।
हिरोले यसलाई मोडिफाइ गरेर २० किलोग्राम तौल घटाएको छ । अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्स दिइएको मोटरसाइकलमा ह्याण्डलबार र फुटपेजमा पनि परिमार्जन देख्न सकिन्छ ।


