एमजी हेक्टरको आधिकारिक विक्री सुरू, ३ भेरियन्टमा उपलब्ध, यस्तो छ मूल्य

काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले हेक्टरको आधिकारीक विक्री सुरु गरेको छ । दशैं अघिदेखि नै बुकिङ लिइरहेको कम्पनीले आज(बिहीबार)देखि विक्री सुरु गरेको हो ।

एमजीले भारतमा उत्पादन गरेको हेक्टर पहिलो पटक नेपाल आएको हो । कम्पनीले  हेक्टरको साइन, सार्प र स्मार्ट गरी तीन भेरियन्ट नेपाल ल्याएको हो ।

साइन भेरियन्टको म्यानुयल र अटोमेटिक भेरियन्टको मूल्य क्रमशः ५९ लाख ९९ हजार र ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, स्मार्ट भेरियन्टको म्यानुअलको ६७ लाख ९९ हजार र अटोमेटिकको ७० लाख ६० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, सार्प भेरियन्टको म्यानुअल ७३ लाख ९९ हजार र अटोमेटिकको ७८ लाख २५ हजार रुपैयाँ रहेको छ ।

एमजीले हेक्टरमा १.५ लिटर टर्बोचाज्र्डको साथ पेट्रोल ४८ भोल्ट माइल्ड हाइब्रिड इन्जिनमा उपलब्ध हुनेछ । उक्त इन्जिनले १४१ बीएच पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड ड्यूल क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ ।


Back_to_top