फिचर लोडेड किया क्रेन्स सार्वजनिक, नेपाल पनि आउने

काठमाडौं । कोरियन कार निर्माता कियाले नयाँ एमपीभी सार्वजनिक गरेको छ । आज बिहिबार सार्वजनिक भएको ‘क्रेन्स’ एमपीभी सन् २०२२ को पहिलो क्वाटरबाट विक्री सुरु हुने अनुमान गरिएको छ ।

भारतीय बजारमा आक्रमक बजार विस्तारको रणनीति बनाएको कियाको क्रेन्सले बजारमा चल्तीका हुन्डाई अल्काजार, महिन्द्रा मराजो, मारुती सुजुकी एक्सएल सिक्स, टोयोटा इनोभा जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

क्रेन्समा ५० भन्दा धेरै कनेक्ट फिचर ग्र्राहकले पाउने अपेक्षा गरिएको छ । साथै, यस स्मार्ट इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, तीन वटा रो रहने गाडीको पछाडि सिटमा जान वान टच बटम, यसको इन्ट्री भेरियन्टमा फेब्रिक सिट रहने छ भने, टप भेरियन्टमा लेदर सिटको प्रयोग हुने अपेक्षा गरिएको छ ।

कम्पनीले यसमा १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा आउने नयाँ एसयूभी सिक्स स्पीड म्यानुयल र ७ स्पीड डिसीटी अटोमेटीक गियरबक्समा उपलब्ध हुने छ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले १४० पीएस पावर र २४२ एनएम टर्क प्रदान गर्नेछ । साथै, डिजेल इन्जिनले ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ ।

कम्पनीले क्रेन्समा ड्यूल बीम एलइडी प्रोजेक्टर हेडल्याम्प, सार्प एलइडी डे टाइम रनिङ लाइट, बीच भागमा एयर इन्टेक, रुफरेल, ६ सिट भएको भेरियन्टमा क्याप्टेन सिट, होरिजेन्टल क्रोम स्ट्रीप, ढोकाको ह्याण्डलमा पनि क्रोम फिनिसिङ, कालो कलरको पिलर, साइड बडी क्याडलिङ, एलइडी टेललाइट जस्ता फिचर प्रदान गरेको छ ।

कारमा १०.२५ इन्चको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, पानारोमिक सनरुफ, मल्टी फङ्गसनल स्टेरिङ ह्वील, वायरलेस चार्जर, पुस बटम स्टार्ट जस्ता फिचर प्रदान गरेको छ ।

सुरक्षाको लागि कारमा इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम, हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक्स पार्किङ, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, डाउन हिल ब्रेक कन्ट्रोल, सबै चक्कामा डिस्क ब्रेक, भेहिकल स्टेविलिटी मेनेजमेन्ट, रिभर्स पार्किङ क्यामेरा, ३६० डिग्री क्यामेरा जस्ता फिचर यसमा उपलब्ध हुनेछ ।

मेरोअटो स्रोतलाई प्राप्त जानकारी अनुसार कियाको नेपालको लागि आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले यसलाई भारतमा विक्री सुरु भएसँगै नेपाल पनि ल्याउने तयारी गरिरहेको छ ।


Back_to_top