काठमाडौं । टीभीएस र बीएमडब्लू मोटरसाइकलले इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने सम्झौँता गरेका छन् । भारतीय मोटरसाइकल कम्पनी टीभीएस र जर्मन मोटरसाइकल कम्पनी बीच इलेक्ट्रीक टू ह्वीलर उत्पादन गर्ने सम्झौँता भएको हो ।
यी दुई कम्पनीले यस अघि पनि कम्वस्चन इन्जिन युक्त मोटरसाइकल साझेदारीमा उत्पादन गर्दै आएका छन् । हाल टीभीएस भारतीय प्लान्टमा बीएमडब्लूको सबैभन्दा सानो सीसीको मोटरसाइकल जि ३१० आर र जि ३१० जीएस उत्पादन हुँदै आएको छ ।
त्यस्तै सोही ३१० सीसी इन्जिनमा नै टीभीएको सबैभन्दा ठूलो सीसी क्षमताको मोटरसाइकल अपाचे आरआर ३१० पनि बन्दै आएको छ । यी दुबै कम्पनीका मोटरसाइकल नेपालमा पनि विक्री वितरण हुँदै आएको छ ।
यी दुई कम्पनीको सम्झौँता अनुसार उत्पादन हुने मोटरसाइकल टीभीएसको भारतीय प्लान्टमा निर्माण हुनेछ ।
यी दुई कम्पनीबीचको सहकार्य ९ वर्ष पुरा भएको छ । यो ९ वर्षको अवधिमा बीएमडब्लूको सबैभन्दा कम सीसीको मोटरसाइकल भारतमा १ लाख यूनिट उत्पादन पुरा भएको कम्पनीले जनाएको छ ।

