काठमाडौं । विश्व चर्चित ‘टप अफ दी लाइन’ कार ब्राण्ड रोल्स रोयसले सन् २०२३ बाट विक्री सुरु गर्ने जनाएको इलेक्ट्रीक कुपे कार ‘स्पेक्टर’को परिक्षण सुरु गरेको छ । कम्पनीले यसलाई जर्मनीमा पूर्णरुपमा छोपेर परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएका छन् ।
ढाकिएको भएपनि धेरै फिचरहरु कस्ता रहने छन् भन्ने विषयमा भने अनुमान गर्न सकिन्छ । कम्पनीले ल्याउन लागेको स्पेक्टर कुपे डिजाइनमा निर्माण भएको छ । यसमा दुई वटा मात्रै ढोका प्रयोग भएको देख्न सकिन्छ । भर्टिकल्ली स्प्लीट डिजाइनको हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, एडासको फ्रन्ट सेन्सर, ठूलो र लामो एयरभेन्ट, रोल्स रोयसको सिग्नेचर फ्रन्ट ग्रिल यसमा पाउन सकिन्छ ।
निकै आकर्षक डिजाइन र आधुनिक फिचर लोडेड हुने रोल्स रोयसको पहिलो इलेक्ट्रीक कारले ६०० पीएस पावर प्रदान गर्ने दावी गरिएको छ । यसका अलावा यसमा प्रयोग भएको व्याट्री लगायत टेक्नीकल स्पेशिफिकेशनको बारेमा कम्पनीले कुनै जानकारी दिइएको छैन ।

रोल्स रोयसले यसलाई कम्बस्चन इन्जिन भएको मोडलको तुलनामा बढी लग्जरी बनाएको जनाएको छ । यसको क्याविन पनि आधुनिक सुविधा र सुरक्षाको हिसाबले अब्बल हुने बताइएको छ ।

