मोटरहेडले खाेल्याे कपनमा आधिकारीक मर्मत केन्द्र

काठमाडाैं । मोटरहेड ब्राण्डको आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले आफ्नो सर्भिस सेन्टरकाे  विस्तार गरेकाे छ ।  कम्पनीले  बुढानिलकण्ठ नगरपालीकाको कपन स्थित बीमा समिति चोकमा आफ्नो आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ । विहिवार एक कार्यक्रमका बीच वडा अध्यक्ष शुद्घ डंगोलले  मर्मत केन्द्रको उद्घाटन गरेका छन् ।

कम्पनीले सो मर्मत केन्द्र  २० वर्ष देखि यसै क्षेत्रमा आवद्ध दिपक मोटरसाइकल वर्कसपलाई आधिकारीक्ता प्रदान गरेको हो । उक्त सर्भिस सेन्टरका प्राेपाइटर दिपक चौधरीका अनुसार ‘आफू यस क्षेत्रमा लागेको १५ वर्ष भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएकोले साथै उक्त ब्राण्डको काठमाण्डौंमा धेरै सम्भावना देखिएको विल्कुलै फरक सेग्मेन्टको भएता पनि याे ब्राण्डका वाइकहरु आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त ब्राण्डसंग आफू आवद्ध भएको बताए ।’ साथै हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका वाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको उनले थपे।

कम्पनीले पौष १५ गते आधिकारीक मर्मत केन्द्रकाे उद्घाटनका साथै २ दिने एक्चेन्ज क्याम्प पनि सञ्चालन गरेको छ । जसमा नगद खरीदमा १० हजार छुट, फाइनान्समा ७ हजार छुट र एक्चेन्ज गर्दा बजार मूल्याकंनमा थप १५ हजार पाउने सुविधा रहेको छ । यसका साथै पार्ट्स र सर्भिसमा विशेष छुटको सुविधा र जुनसुकै ब्राण्डका वाइक ल्याउँदा फ्रि–वासको व्यवस्था समेत गरेकाे छ । कम्पनीले यस कार्यक्रममा सहभागी हुने ग्राहकहरुलाई आकर्षक गिफ्टको समेत व्यवस्था गरेको छ ।


Back_to_top