निकै आकर्षक डिजाइनमा देखियो ‘एक्सयूभी ३००’

काठमाडौं । बजारमा सब फोर मिटर कम्प्याक्ट एसयूभीको माग निरन्तर वृद्धि भइरहेको छ । पछिल्लो समयमा लन्च भएका नयाँ–नयाँ मोडलका सब कम्प्याक्ट एसयूभीले पनि राम्रो विक्री पाउन सफल भएका छन् ।

यो सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, सोनेट र टाटा नेक्सनले भारतमा लगभग मासिक १० हजार यूनिट विक्री गरिरहेका छन् । तर, महिन्द्राको सबकम्प्याक्ट एसयू एक्यूभी ३०० भने ५ स्टार सेफ्टी रेटेडका साथै उत्कृष्ट फिचर प्याक कार भएता पनि त्यो संख्यामा विक्री हुन सकेको छैन ।

बजारमा आफ्नो कमीलाई पुरा गर्न महिन्द्राले एक्सयूभी ३०० को फेसलिफ्ट मोडल बजारमा ल्याउने तयारी गरेको छ । फेसलिफ्ट एक्सयूभी ३०० को महिन्द्राले अफिशियल तस्वीर सार्वजनिक गरेको छैन । तर, भारतीय डिजाइनर शुभजीत दिक्षीतले नयाँ ब्राण्ड लोगो सहित सम्भावित नयाँ तस्वीर सार्वजनिक गरका छन् ।

उनको तस्वीर अनुसार फेसलिफ्ट एक्सयूभी ३०० को अगाडिको लुक्स भर्खरै महिन्द्राले सार्वजनिक गरेको एक्सयूभी ७०० बाट प्रभावित देखाइएको छ । यसको ग्रिल र बम्पर बिल्कुलै नयाँ दिइएको छ । यसमा १७ इन्चको नयाँ डिजाइनको अलोय ह्वील, रि– डिजाइन गरिएको हेडल्याम्प र टेलल्याम्प पनि देख्न सकिन्छ ।

फेसलिफ्ट एक्सयूभी ३०० मा अलब्ल्याक इन्टेरियर हुने सम्भावना रहेको छ । यसमा पहिलाको भन्दा ठूलो साइजको इन्फोटेन्मेन्ट सिस्टम पियानो व्ल्याक मेटेरियलले घेरिएको हुनेछ ।

नयाँ एक्सयूभी ३०० मा महिन्द्राको १.२ लिटरको ३ सिलिण्डर एमस्टेलन टर्बो चार्ज्ड इन्जिन हुने सम्भावना रहेको छ । जसले १३० बीएच पावर तथा २३० एनएम टर्क प्रदान गर्ने छ । यसमा ६ स्पीडको म्यानुयल तथा अटोमेटीक गियरवक्स हुनेछ ।


Back_to_top