दमदार स्टाईलको साथ आयो कावासाकी जेड ९०० आरएस क्लासिक रेट्रो, हेर्नुस् मूल्य

कावासाकी मोटर्स इन्डियाले आफ्नो क्लासिक तथा रेट्रो बाइक जेड ९०० आरएस लाई नयाँ डार्क व्ल्याक कलरमा लन्च गरेको छ ।

कम्पनीले यो क्लासीक बाइकको भारतमा शोरुम मूल्य १५ लाख ३० हजार राखिएको छ । गएको वर्षको फेब्रुवरीमा यो बाइक क्याण्डी टोन अरेन्ज अप्सनमा लन्च गरेको थियो ।

कावासाकी जेड ९०० आरएस कावासाकीकै जेड ९०० मा आधारीत बाइक हो । यसको लुक्स सन् १०७० को प्रतिस्ठित कावासाकी जेडवानबाट प्रेरित छ । कावासाकी इन्डियाका प्रबन्ध निर्देशक युताकी यामासीताको भनाइमा जेड ९०० आरएस सधै उच्चबर्गका ग्राहकले खरिद गर्छन् र यसको प्रीमीयम बिल्ट क्वालीटीको लागि धेरै प्रशंसा पाएको छ ।

विभिन्न स्रोतहरुको माध्यमबाट पाइएको सकारात्मक प्रतिक्रियाको कारण यो बाइक ब्ल्याक कलरमा ल्याइएको कम्पनीले जनाएको छ ।

यसमा जेड ९०० कै ९४६ सीसीको इन लाइन ४ सीलीण्डर इन्जिन दिइएको छ जसले ८५०० आरपिएम मा १०९.४८ बीएचपी पावर तथा ६५०० आरपीएममा ९८.५ एनएम टर्क उत्पादन गर्छ ।

यसमा ६ स्पिडको गियरबक्स लगाइएको छ । साथै यसमा फोर इनटु वान एक्जस्ट पाईप लगाइएको छ जसको कारण यसको आवाज सारै राम्रो सुनिन्छ ।

यसमा डिजीटल स्क्रीनको साथै टुइन प्याड इन्स्टुमेन्ट क्लस्टर तथा एलइडी लाईट रहेको छ । यो डिजीटल स्क्रीनमा गियर पोजिसन, फ्युल खपत तथा इन्जीन टेम्प्रेचर आदि फिचरहरु देखाउँछ । यसमा रहेको फ्युल ट्याङ्कीको क्षमता १७ लीटर रहेको छ ।


Back_to_top