टाटा नेक्सन र मारुती ब्रेजासँग प्रतिस्पर्धा गर्न हुन्डाईको सानो कम्प्याक्ट एसयुभी

क्रेटाको सफलता पछि हुन्डाई मोटर्स कम्पनीले सानो आकारको कम्प्याक्ट एसयूभी उत्पादन गर्ने तयारी गरिरहेको कम्पनीका एक अधिकारीले खुलासा गरेका छन् ।

कम्पनीले यसलार्इ नयाँ प्लेट र्फममा तयार गर्न लागेको पनि जनाइएको छ । यो एसयूभीले मारुती ब्रेजा तथा टाटा नेक्सनसँग प्रतिस्प्रर्धा सिधा प्रतिस्पर्धा गर्नेछ ।

यो सानो आकारको एसयूभी २०१९ को अन्त्य वा २०२० मा लन्च गर्ने अनुमान गरिएको छ । साथै कम्पनीले दक्षिण कोरियामा लन्च गर्ने योजना बनाइरहेको लियोनिस यही एसयुभी हुन सक्नेछ ।

भारतीय बजारको लागी हाल कम्पनीले नयाँ सब–४ मिटर एसयूभीमा काम गरिरहेको छ । जुन २०१९ मा लन्च गर्ने सक्नेछ भने, यसको प्रतिस्पर्धा सेगमेन्ट लिडर मारुती सुजुकी भिटारा ब्रेजासँग हुनेछ ।

 कम्पनीको यो कार एसयूभी कार्लिनो कन्सेप्टमा आधारित हुनेछ । यो कार कम्पनीले २०१६ अटो शो मा प्रदर्शनमा राखेको थियो । यसमा १.० लीटर टी–जीडीआई पेट्रोल तथा १.४ लीटर डीजेल इन्जिन दिने अनुमान रहेको छ ।


Back_to_top