काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ वटा १२०० सीसी क्षमताका कार किन्न बोलपत्र आह्वान गरेको छ ।
बैंकले साउन ३० गते १२ बजेसम्ममा बोलपत्रमा भागलिन चाहने ब्यवसायीलाई आफुले बिक्री गर्ने सवारी साधनको मोडल, मूल्य, फिचरलगायतका बिषय खुलाई आवेदन दिन सक्ने ब्यवस्था गरेको छ ।
बोलपत्रमा सहभागी हुन ५ हजार रुपैयाँ डकुमेन्ट शुल्क र १३ लाख रुपैयाँ बोलकवल जमानतको रुपमा नगद वा बैंक ग्यारेन्टी पेस गर्न पर्ने छ ।
यसरी दिइएको जमानतको अवधी ९० दिनको हुने छ ।


