नेपालमा यूरोपियन ब्राण्डको सर्वाधिक सफल मोडल बन्ला ‘C3’

काठमाडौं । नेपालमा यूरोपियन कारको बजार विस्तार सुरु भएको करिब १५ वर्ष हुन लागि सकेको छ । अहिले फक्सवागन, स्कोडा, प्यूजो, सिट्रोन, रेनो जस्ता ब्राण्डले नेपालमा पूरोपियन मोडल विक्री गर्दै आएका छन् ।

नेपाली बजारमा यूरोपियन उत्पादकले बनाएको कारमा सर्वाधिक सफल मोडल फक्सवागन पोलो हो । यसका अलावा स्कोडा र्यापीड, केही महिनाअघि आएको स्कोडा कुशक र फक्सवागेन टाइगुन पनि सफल मोडल हुन् भन्दा फरक पर्दैन । तर, यी कुनैपनि ब्राण्डले ल्याएको गाडीले आफ्नो सेग्मेन्टमा लिड भने गर्न सकेका छैनन् ।

सबैभन्दा पछिल्लो ब्राण्डको रुपमा नेपाल आएको यूरोपियन ब्राण्ड सिट्रोनले अहिले सि-५ एयरक्रस विक्री गर्दै आएको छ । सिधै यूरोपबाट आयात गर्दै आएको सि-५ मूल्यको कारण धेरै मानिसको पहुँचमा पुग्ने मोडल होइन । तर, अबको केही महिना भित्रै सिट्रोनको अर्को मोडल सि-३ नेपाल आउने तयारीमा रहेको छ ।

सि-३ यूरोपियन ब्राण्डको लागि नै गेमचेन्चर मोडलको रुपमा नेपाल आउने अनुमान गर्न सकिन्छ । विशेषत यसलाई कम्पनीले भारतमा टाटा पन्च र मारुती सुजुकी इग्नीससँग प्रतिस्पर्धा गर्नेगरी यसलाई बजारमा ल्याउन लागेको जनाएको छ । त्यसैले यसको मूल्य नेपाली बजारमा ३५ लाखदेखि ४५ लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।

२०२२, अप्रिल अन्तिमसम्ममा नेपाल आउने अपेक्षा गरिएको सि–३ सीएमपी मोडुलर प्लेटफर्ममा तयार भएको हो । कारको अगाडि भागमा स्पिट हेडल्याम्प, एलइडी डीआरएल, पछाडि पनि एलइडी लाइट रहने छ ।

सि-३ मा ड्यूलटोन डाइमण्ड कट अलोय ह्वील, १८० एमएमको ग्राउन्ड क्लियरेन्स, ३१५ लिटरको बुट स्पेश, २५४० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

कारको क्याबिनमा १० इन्चको इन्फोटेन्मेट सिस्टम, वायरलेस स्मार्ट फोन चार्जर, ३ वटा फास्ट चार्जिङ यूएसबी पोर्ट, थ्री स्पोक स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र म्यानुयल एयरकन्डीसन पाउन सकिने छ ।

मिडिया रिपोर्टहरूका अनुसार सिट्रोन सी३ मा १.२ लिटरको न्यचुरल्ली यस्पीरेटेड र टर्बो चार्ज्ड पेट्रोलगरी दुई इन्जिन अप्सन पाउन सकिन्छ ।


Back_to_top