बेलायती विलाशी कार तथा इन्जिन उत्पादन कम्पनी रोल्स रोयसले हाइब्रिड इलेक्ट्रिक सवारी सार्वजनिक गर्ने तयारी गरेको छ । रोल्स रोयसले बनाउने यो विद्युतीय सवारी फ्लाइङ ट्याक्सी हुने छ । कम्पनीले पाँच वर्ष भित्र बजारमा ल्याउने योजना सहित यसको विकास गरि रहेको जनाएको छ ।
यो ट्याक्सी भुइबाट सिधै उड्न र बस्न सक्ने छ । यसका लागि कुनै रनवे चाहिने छैन । इंग्ल्याण्डको डर्बिमा रहेको रोल्स रोयसले पहिलो पटक फार्नबोर्ग एयरशोमा उक्त इलेक्ट्रिक फ्लाइङ ट्याक्सी सार्वजनिक गर्न लागेको हो ।
रोल्स रोयसको इभीटीओएल प्लेनमा ४ देखि ५ जना बस्न मिल्ने छ र उडान दुरी ५ सय माइल (८ सय ५ किलोमिटर) हुने छ । त्यस्तै यो उड्ने ट्याक्सीको अधिकतम गति २ सय माइल प्रतिघण्टा हुने छ ।
रोल्स रोयसका अनुसार यो ट्याक्सी इलेक्ट्रिक हुने छ र भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ (इभीटीओएल) मा आधारित हुने र आगामी १८ महिनामा उत्पादन सुरु हुने छ ।
२०२० को सुरुवात तिर आकाशमा परिक्षण हुने कम्पनीले जनाएको छ । रोल्स रोयसको इभीटीओएल प्लेनमा ४ देखि ५ जना बस्न मिल्ने छ र उडान दुरी ५ सय माइल (८ सय ५ किलोमिटर) हुने छ । त्यस्तै यो उड्ने ट्याक्सीको अधिकतम गति २ सय माइल प्रतिघण्टा हुने छ ।
‘रोल्स रोयसको तर्फबाट आगामी ३ देखि ५ वर्ष भित्रमा बजारमा केही आउने छ,’ रोल्स रोयसको इलेक्ट्रिकल टिमका प्रमुख रोव वाटसनले भने, ‘हामीले त्यो प्रणालीलाई दुई वर्ष भित्र सार्वजनिक गर्ने छौं ।’ हाइब्रिड सवारी भएकाले यसको उत्पादन लागत भने निक्कै महगो हुने कम्पनीले जनाएको छ । यो फ्लाइङ ट्याक्सीमा परम्परागत ग्यास टर्बाइन इन्जिनमा इलेक्ट्रिकल सिस्टम राखिने छ ।
रोल्स रोयसले पूर्ण विद्युतीय उत्पादन गर्न खोजेको भएपनि इभीटीओएलमा त्यो त्यति सम्भव नदेखिएको जनाएको छ । पूर्ण विद्युतीय प्लेनको बजार विस्तार हुने क्रममा रहेका र सबैले यस्तै चाहेको भएपनि अहिलेको अवस्थामा त्यो सम्भव भइ नसकेको वाटसनको भनाइ छ ।
पूर्ण विद्युतीय प्लेन सहरी क्षेत्रका लागिमात्र भएको उनले बताए । तर २ सय देखि ३ सय माइल यात्रा गर्नका लागि त्यसमा हाइब्रिड प्रविधि उपयोगी हुने देखिन्छ । बजारको आवश्यकतालाई हेरेर पूर्ण विद्युतीय भन्दा हाइब्रिड उत्पादनलाई प्राथमिकता दिएको रोल्स रोयसले जनाएको छ ।

