दक्षिण कोरियाली कार उत्पादन कम्पनी कियाले कम्प्याक्ट एसयुभी केएक्सथ्री इलेक्ट्रीक भेइकल सार्वजनिक गर्ने तयारी गरेको छ ।
किया केएक्सथ्री हुन्डाइ क्रेटाको प्लेटफर्ममा बनाएको छ । किया केएक्सथ्री पहिलो पटक सार्वजनिक सडकमा देखिएको छ । केएक्सथ्री क्रेटामा केही परिमार्जन गरि इभी मोडलमा ल्याउन लागेको अनुमान गरिएको छ ।
यो कारमा प्रोजेक्ट हेडल्याम्प सहितको इन्टिग्रेटेड डीआरएल, नयाँ एलो ह्वील रहेको छ । नयाँ इभीमा ७ इन्च टच स्क्रिन, क्लाइमेट मन्ट्रोल लेदर सिट, क्रुज कन्ट्रोल लगायत विशेषता रहेका छन् ।
किया केएक्सथ्रीमा लिथिएम–इओन ब्याट्रि सहित ४५.२ केडब्लूएच पावर हुने अनुमान गरिएको छ । यसमा भएको इलेक्ट्रिक मोटरले १ सय ११ पीएस पावर दिने छ । यो गाडीको अधिकतम स्पिड १ सय ५० किलोमिटर प्रतिघण्टा हुनेछ ।
त्यस्तै कम्पनीले यसलाई ३ सय ८५ किलोमिटर रेन्जमा समेत उपलब्ध गराउने अनुमान गरिएको छ ।
निरो इभीमा दुई व्याट्री प्याक हुने छन्, पहिलोमा ६६ केडब्लूएचको शक्तिशालि व्याट्रि हुने छ जसले ३ सय ७९ केएम रेन्ज र अर्को ३२ केडब्लूएचको व्याट्रिप्याक हुने र यसले २ सय ४१ किमि रेन्जको हुनेछ ।
किया केएक्सथ्रीमा एयर ब्याग, एबीएस, इएसपी, पेडेस्टेरियन प्रोडक्सन सिस्टिम लगायत धेरै सुरक्षा फिचर रहेका छन् ।
पछिल्लो समय सबैभन्दा ठूलो विद्युतीय सवारी बजार चीन भएको छ । किन कि चीन सरकारले विद्युतीय सवारीलाई निक्कै महत्व दिइरहेको छ । प्रदूषण नियन्त्रणका लागि चीनले यस्तो नीति लिएको बताइएको छ ।
नयाँ स्टार्ट–अप कम्पनी जो चीनमा आधारित छन् उनीहरुले विद्युतीय सवारीलाई नै मुख्य प्राथमिकता दिएका छन् । यसका साथै विश्वका ठूलो सवारी उत्पादक कम्पनीहरु पनि विद्युतीय सवारी सार्वजनिक गर्ने होडमा रहेका छन् ।

