१५० सीसीको बाइक किन्दै हुनुहुन्छ ? यी पाँच उपर्युक्त विकल्प हुन्

काठमाडौं । नेपालमा सबैभन्दा धेरै बिक्री हुने बाइक सेग्मेन्ट भनेको १५० सीसी हो । युवादेखि उमेर ढल्केकाहरूले समेत रुचाउने १५० सीसीका बाइकहरू हेर्दा आकर्षक पीकअप राम्रो तथा चलाउन सजिलो हुने कारण पनि १५० सीसी क्षमताका बाइकहरू धेरै बिक्री हुने बिक्रेताहरूको भनाईसमेत रहेको छ । 

जुनसुकै सडकका लागी पनि सुहाउँदो हुुने हुँदा झनै यसको माग बढेको बताउँछन् । मर्मत तथा माइलेजमा समेत कम खर्च लाग्ने यो बाइकहरू नेपालमै सबैभन्दा धेरै बिक्री हुने १५० सीसी सेग्मेन्टका पाँच बाइककाबारेमा जानकारी दिँदैछौँ ।

१. बजाज पल्सर-१५०

नेपाली बजारमा सर्वाधिक बिक्री हुने बाइकको सूचीमा पहिलो नम्बरमा पर्छ बजाज बाइक । मर्मत खर्च एकदमै कम लाग्ने, माइलेज धेरै दिने तथा जुनसुकै सडकमा सुहाउँदो भएकै कारण बजाज-१५० सीसी बाइक सर्वाधिक बिक्री हुने बाइकमा पर्छ ।

आकर्षक आवरण तथा चलाउन आरामदायी भएकै कारण पनि यो बाइक लोकप्रिय रहेको छ । १४९ सीसी इञ्जिन क्षमता रहेको यो बाइकले ८००० आरपीएममा १४ पीएस पावर जेनेरेट गर्छ ।

प्रतिलिटर ४५ किलोमिटर माइलेज रहेको यो बाइकमा ५ स्पीडको गियर बक्स रहेको छ । साथै, ट्यूबलेस टायर दिइएको यो बाइकको नेपाली बजारमा २ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ ।

२. यामाहा एफजेडएस-१५०

यामाहा एफजेडएस-१५० स्टाइलिस लुक्सका कारण नेपालमा लोकप्रिय बाइक बन्न सफल भएको छ । फराकिलो टायर तथा मोटो बडीमा आकर्षक हेडलाइटले यसको लुक्सलाई झनै राम्रो देखाएको छ । फराकिलो टायरकै कारण यो बाइक चलाउन आरामदायी रहेको छ । १४९ सीसीको इञ्जिन क्षमता रहेको यो बाइकले ८००० आरपीएममा १३.२ पीएस पावर जेनेरेट गर्छ । ४० किलोमिटर प्रतिलिटर माइलेज रहेको यो बाइकमा पाँच स्पीडको गियर बक्स रहेको छ । ट्यूवलेस टायर दिइएको यो बाइकको नेपाली बजारमा दुई लाख ६४ हजार रुपैयाँ रहेको छ ।

३. सूजूकी जिक्सर

सुजुकीले सधै‌ स्मार्ट बाइक बनाउने गरेको पाइन्छ । नेपाली बजारमा पनि सुजुकी जिक्सर बाइक लोकप्रिय भइरहेको छ । यसको स्टाइलिस लुक्स नै युसको मुख्य विशेषता रहेको छ । 

नेपाली सडक उपयुक्त हुनुकासाथै जुनसुकै वर्गका ग्राहक सुहाउँदो भएकै कारण यसको लोकप्रियता बढ्दो छ । १५४ सीसी इञ्जिन क्षमता भएको यो बाइक ८००० आरपीएममा १४.५९ बीएचपी पावर जेनेरेट गर्छ । 

पाँच स्पीडको गियर बक्स रहेको यो बाइकले प्रतिलिटर ६४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी रहेको छ । ट्यूवलेस टायर दिइएको यो बाइकमा एबीएस सुविधासमेत उपलब्ध रहेको छ । यो बाइकको मूल्य दुई लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ । 

४. टीभीएस अपाचे आरटीआर-१६०

टीभीएस अपाचे बाइक रेसर बाइक भएका कारण यसमा उच्च पीकअप क्षमता रहेको हुन्छ । १० वर्ष अगाडि लञ्च भएको यो बाइक अहिले पनि लोकप्रिय रहेको छ ।

यो बाइक विशेषगरी युवा वर्गको रोजाईमा परेको पाइन्छ । यसको आकर्षक डिजाइन अर्को विशेषता रहेको छ । १५९ सीसी इञ्जिन क्षमता भएको यो बाइकले ८५०० आरपीएममा १५.२१ पीएस पावर जेनेरेट गर्छ ।

४० किलोमिटर माइलेज रहेको यो बाइकमा पाँच गियरको गियर बक्स दिइएको छ । यो बाइकको मूल्य नेपाली बजारमा दुई लाख ३५ हजार ९०० रुपैयाँ रहेको छ ।

५. होन्डा हर्नेट-१६०

होन्डाको यो बाइक आकर्षक लुक्सका कारण नेपाली बजारमा रुचाइएको बाइकमा परेको छ । कम्पनीले होन्डा हर्नेट-१००० सीसीको अवधारणामा यो हर्नेट-१६० निर्माण गरेको हो ।

१६२ सीसी इञ्जिन क्षमता भएको यो बाइकले ८५०० आरपीएममा १५.२५ पीएस पावर जेनेरेट गर्दछ । ४० किलोमिटर माइलेज रहेको यो बाइकमा पाँच गियरको गियर बक्स दिइएको छ । यो बाइकको मूल्य नेपाली बजारमा दुई लाख ६७ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top