काठमाडौं । जर्मन अटो जाइन्ट फक्सवागेनले विद्युतीय कार उत्पादनलाई तिब्र गतिमा अगाडि बढाएको छ । कम्पनीले अहिले आई सिरिजको आईडी-३ र आईडी-४ विक्री गर्दै आएको छ ।
फक्सवागेनले आफ्नो कार्वन उत्सर्जनलाई व्यवस्थित गर्न इलेक्ट्रीक कार अहिले यूरोप र अमेरिकी बजारमा मात्रै विक्री गर्दै आएको छ । सन् २०१५ देखि डिजेल स्क्याण्डलमा परेको फक्सवागेन त्यसबाट बाहिर निस्कन तिव्र गतिमा विद्युतीय कार उत्पादनमा लागेको हो ।
अहिले आइडी सिरिजमा इलेक्ट्रीक कार विक्री गर्दै आएको फक्सवागेनले विशेषत कम मूल्यमा इलेक्ट्रीक कार खोज्नेलाई ध्यानमा राखेर कम्पनीले पोलोको साइजमा नयाँ इलेक्ट्रीक ल्याउने तयारी गरेको हो । कम्पनीले सन् २०१९ मा नै यसको कन्सेप्ट देखाएको थियो । कम्पनीले यसलाई २०२३ सम्म बजारमा ल्याउने अनुमान गरिएको छ ।
कम्पनीले २० हजार डलर हाराहारीमा विक्री गर्न सक्नेगरी नयाँ ह्याचव्याक ल्याउने छ । यसमा रहने व्याट्री र मोटरको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । तर, एक पटकको फुल चार्जमा करिब ३५० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ ।


