यामाहाको दुई नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक हुँदै

यामाहाको नेपालको लागि आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले दुई मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले २ महिनादेखी दुई मोडलका मोटरसाइकलको परिक्षण गरिरहेको जनाएको छ ।

कम्पनीले यामाहा एफजेडएक्स र आर १५ भी ४ को परिक्षण गरिरहेको हो । अब केही समयपश्चात यी मोटरसाइकल सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाली बजारमा परिक्षण गरिरहेको दुबै मोडलका मोटरसाइकल बीएस ६ मापदण्डका रहेका छन् ।

यामाहा एफजेड-एक्स

एफजेडएक्स यामाहाको चर्चित मोटरसाइकल एफजेडएस भी ३मा आधारित रेट्रो डिजाइनको मोटरसाइकल हो ।

यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले रेट्रो लुक मोर्डन टेक्नोलोजिमा आधारित मोटरसाइकल नेपाल ल्याउने तयारी यसअघि नै गरेको थियो । भारतमा केही महिनाको परिक्षण पछि नेपाल आउने कम्पनीले जनाएको थियो । यस्तोमा करिब ४ महिना अघि भारतमा विक्री सुरु भएको यो मोटरसायकल अब भने नेपाल सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको हो ।

एफजेड एक्स १५० मा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेड ल्याम्प दिइएको छ । त्यस्तै यसमा नयाँ टेक्नोलोजि आधारित धेरै फिचर रहेका छन् । यामाहाले यसमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल, ब्लुटुथ कनेक्टीभीटी, सिंगल च्यानल एबीएस दिएको छ ।

एफजेडएस भी थ्रिमा प्रयोग भएको समान १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

यसका अलावा एफजेड एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।

यामाहा आर १५ भी ४

यामाहाको चर्चित मोटरसाइकल आर १५ को भर्सन ४ मा आर १५ भी कै समान इन्जिन रहेको छ भने कम्पनीले धेरै अपडेटहरु गरेर ल्याएको छ ।

यसमा १५५ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड भीभीए इन्जिन रहेको छ । यसले १०००० आरपीएममा १९ बीएच पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ ।

कम्पनीले आर १५ भी ४ मा स्लिपर क्लच तथा क्वीक सिफ्टर, ट्याक्सन कन्ट्रोल, राइडिङ मोड, यामाहा एक्स कनेक्ट फिचर जस्ता फिचर थप गरेको छ ।


Back_to_top