टेस्लाको २ लाख कारमा बीवाइडीको ब्याट्री

काठमाडौं । अमेरिकी लग्जरी कार निर्माता कम्पनी टेस्लाले बीवाइडीसँग ब्याट्री लिने भएको छ । टेस्लाले बीवाइडीको लेटेस्ट ब्लेड ब्याट्री लिन लागेको हो ।

अमेरिकी कार निर्माता टेस्लाले आफ्नो चीनको सांघाई प्लानटबाट उत्पादन हुने मोडलहरुमा बीवाइडीको ब्याट्री प्रयोग गर्न लागेको हो ।

टेस्लाले वार्षिक २ लाख ४ हजार गाडीका लागि बीवाइडीको ब्याट्री उत्पादक कम्पनी फिन ड्रिम्स ब्याट्रीसँग नयाँ प्रविधिको व्लेड ब्याट्री खरिद गर्ने भएको हो ।

बीवाइडीले नयाँ मोडल ‘सि११२एफ’ मोडलको ब्याट्री आगामी महिनाबाट ठूलो संख्यामा उत्पादन सुरु गर्दैछ । त्यसपछि कम्पनीले टेस्लालाई ब्याट्री डेलिभरी दिने तयारी गरेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

बीवाइडीको व्लेड ब्याट्री जडित टेस्लाका कारहरु सन् २०२२ को दोस्रो क्वाटरबाट चिनियाँ बजारमा आउने छ । बीवाइडीले सप्लाई गर्ने ब्याट्री टेस्लाको संघाई प्लान्टको कुल क्षमताको ४५ प्रतिशत कारलाई पुग्ने जनाइएको छ ।

टेस्लाको सांघाई प्लान्टबाट वार्षिक ४ लाख ५० हजार यूनिट कार उत्पादन हुन सक्छ । अहिले टेस्लाले स्ट्यान्डर्ड रेन्जको मोडल थ्री र मोडल वाई चीनमा उत्पादन गर्दै आएको छ । अहिले टेस्लाले संघाई प्लान्टमा क्याटलको ब्याट्री प्रयोग गर्दै आएको छ ।


Back_to_top