काठमाडौं । निसान माेटर्सले २०२२ निसान ‘नाभारा प्रो फोरएक्स’ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले राजधानीमा आज एक कार्यक्रम आयोजनागरी ‘नाभारा प्रो फोरएक्स’ सार्वजनिक गरेको हो ।
थुप्रै आधुनिक फिचरसहित आएको नयाँ जेनेरेशन नाभारा निकै बोल्ड र मस्कुलर देखिएको छ । निसानले नयाँ जेनेरेशन नाभारामा इन्टेलीजेन्ट मोबिलिटी फिचरको साथमा व्यापक परिमार्जन गरेको देख्न सकिन्छ ।
प्रिमियम क्याविन, एड्भान्स सेफ्टी फिचर, निकै फराकिलो स्पेश, आरामदायी सिट, अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यू मोनिटर, थ्रि स्पोक स्टेरिङ ह्वील, ७ इन्चको इफोटेन्टमेन्ट सिस्टम, टीएफटी इन्ट्रुमेन्ट क्लष्टर जस्ता विशेषत यसका दिइएको छ ।

निसानले नाभारलाई निकै पावरफुल बनाएको छ । यसमा दिइएको २.५ लिटर फोर सिलिण्डर डिजेल इन्जिनले १८८ हर्सपावर र ४५० एनएम टर्क प्रदान गर्छ । फोर वाई फोर सिस्टमले यसलाई जस्तोसुकै खराब बाटोमा पनि चलाउन सकिन्छ । कम्पनीको दावी अनुसार यसको माइलेज प्रतिलिटर १० किलोमिटर रहेको छ ।
निसानले आफ्नो डबल क्याव पीकअपलाई उत्कृष्ट देखाउन यसमा १७ इन्चको ब्ल्याक कलरको अलोय ह्वील, फ्रन्ट फेसिकामा निकै ठूलो भि मोशन ग्रिल, निकै सार्प जेन्यून पियर एलइडी हेडलाइट, नयाँ एलइडी टेलल्याम्प क्लष्टर जस्ता फिचर दिइएको छ ।

पायोनियर मोटोकर्पले नयाँ जेनेरेशन नाभाराको ‘नाभारा प्रो फोरएक्स’को अलावा अन्य ४ भेरियन्टलाई नेपालमा उतारेको छ । कम्पनीले नाभाराको लो एमटी भेरियन्टको मूल्य ९५ लाख ४९ हजार, आई अटोमेटीकको १ करोड १३ लाख, लो एटीको ९७ लाख ४९ हजार, हाई एमटीको १ करोड ११ लाख र टप प्रो फोरएक्सको १ करोड १६ लाख रुपैयाँ तोकेर विक्री सुरु गरेको छ ।


