सिप्रदी ट्रेडिङ्गकाे सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा संचालन भएको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम पाचौं समूह गत माघ २८ गते सम्पन्न भएको छ । दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजन बाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए ।
समारोहमा प्रशिक्षार्थीहरुलाई बधाई दिदैं प्रमुख कार्यकारी अध्यक्ष राजन बाबु श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधिको प्रवेश हुन गईरहेको अवस्थामा अटो–इलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसरहरु रहेको जानकारी दिएका थिए ।
तालिममा सहभागी सम्पूर्ण १० प्रशिक्षार्थीहरुले सिप्रदीको नेपालभर रहेका वर्कशपहरुमा रोजगारीको अवसर प्राप्त गरेका छन् । उक्त ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सिप्रदी ट्रेनिङ्ग सेन्टरले निशुल्क प्रदान गर्दै आईरहेको छ ।


