काठमाडौं । मोटरसाइकलमा रमाउने युवाहरू बीच एउटा भनाइ निकै प्रचलित रहेको छ । ‘इफ यू वान्ट टु बी ह्याप्पी फर अ डे ड्रिक बियर’, ‘इफ यू वान्ट टु बी ह्याप्पी फर अ इयर म्यारी’, ‘इफ यू वान्ट टुु बी ह्याप्पी लाइफ टाइम राइड अ बाइक ।’ यी भनाइले के दर्शाउँछ भने युवाहरू मोटरसाइकल राइडिङ कल्चरलाई कसरी लिन्छन् वा बुझ्छन् ।
विशेषतः नेपालमा लामो समयसम्म मोटरसाइकललाई कम्युट (यात्रा) गर्नका लागि मात्र प्रयोग गरियो । संसारले मोटरसाइकललाई खेलकुद, मनोरञ्जन र साहसिक कार्यमा प्रयोग गर्ने समयमा नेपालको अवस्था यात्रामा सीमित थियो । अहिले आएर बल्ल मोटरसाइकललाई यात्रामा सीमित नगरी स्पोर्टस्, टुरिजम र लाइफस्टाइलको रूपमा जोड्न थालिएको छ ।
विशेषतः स्पोर्टस् र टुरिजममा ठूला मोटरसाइकलको प्रयोग हुने गरेको छ । बिग बाइकलाई युवा वर्गले प्राइड (गर्व)को रूपमा समेत लिने गरेका छन् । त्यसमा पनि स्पोर्टस् मोटरसाइकल धेरै युवाको रोजाइमा पर्छ वा भनौं उनीहरूले यस्ता ठूला मोटरसाइकल चलाउने सपना नै देखेका हुन्छन् ।
नेपालमा सीमित बजेटमा युवाहरूले आफ्नो चाहना पूरा गर्नु पर्ने हुन्छ । यस्ता युवाको सपनाको मोटरसाइकल बनाउन हरेक ब्राण्डले पनि प्रयास गरिरहेका हुन्छन् । यही युवाको सपना पूरा गर्न यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले सन् २००९ को सुरूआतमा पहिलो पटक ‘यामाहा आर १५’ नेपाल ल्याएको थियो । यामाहा इन्डियाले सन् २००८ मा नै भारतमा विक्री सुरू गरेको १५५ सीसी क्षमताको स्पोर्टस् मोटरसाइकल केही महिनापछि नै नेपाल आएको हो । यामाहाको चर्चित स्पोर्टस् मोटरसाइकल आर १ मा आधारित सबैभन्दा कम सीसीको स्पोर्टस् मोटरसाइकल आर १५ नेपालमा निकै चर्चित भयो ।

त्यो समय नेपाली बजारमा यामाहा आर १५ अत्याधुनिक टेक्नोलोजी युक्त मोटरसाइकलको रूपमा आएको थियो । सन् २०१० ताका नेपाली बजारमा लिक्वीड कुल्ड इन्जिन, डेल्टा फ्रेम, पावरफुल इन्जिन भएको मोटरसाइकल यामाहा आर १५ नेपाली युवाको ड्रिम मोटरसाइकल नै बन्यो । यसको पावर, एग्रेशिभ लुक, स्पोर्टी डिजाइन, फुल फिर्यड बडी प्यानल, एग्रेशिभ हेडल्याम्प, डिस्क ब्रेक जस्ता फिचरले युवालाई नलोभ्याउने कुरै भएन ।
यामाहाले सन् २०११ मा नै यसको अपग्रेड मोडल बजारमा उतारेको थियो । डिजाइनमा पूरै परिमार्जन भएको भए पनि यसको इन्जिनका परिवर्तन भएको थिएन । कम्पनीले यसको ‘राइडिङ पोस्चर’लाई थप आक्रमक बनाएको थियो । पिलियन सिट हाइट अझै माथि उठाइएको थियो । यो अपग्रेड नेपाली युवाको लागि आकर्षक लागेन । यसलाई आर १५ भर्सन २ नामले चिनिन्छ । भर्सन २ नेपालमा आए पनि धेरै युवाले भर्सन १ नै किन्न रुचाए ।

यामाहाले आफ्नो ‘हर्टकेक’ मोडलमा आएको कमीलाई सुधार गर्दै सन् २०१७ मा अझै पावरफुल तरिकाले इन्जिन अपग्रेड गर्दै आर १५ को भर्सन ३ बजारमा ल्यायो । सन् २०१८ मा मात्रै यो मोडल नेपाल आएको थियो । यामाहाले यसलाई सेग्मेन्टकै पावरफुल इन्जिन भएको मोटरसाइकल बनाउन भीभीए टेक्नोलोजीको प्रयोग गरेको थियो । नयाँ टेक्नोलोजीको प्रयोगसँगै आर १५ भर्सन ३ लाई यो सेग्मेन्ट कै पावरफुल मोटरसाइकलको रूपमा परिचित गरायो ।
यसमा रहेको १५५ सीसी क्षमताको इन्जिनले अधिकतम १९ पीएस पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा यो मोटरसाइकलको प्रतिस्पर्धी मोटरसाइकल नै छैनभन्दा पनि फरक पर्दैन । अन्य कम्युटर मोटरसाइकलको जस्तो विक्री आँकडा नभए पनि यसलाई चढ्न चाहने जमात बढ्दै गएको देखिन्छ ।
यामाहाको आर १५ को भर्सन ४ भारतीय बजारमा सार्वजनिक भइसकेको छ । नेपालमा यसको परिक्षण भइरहेको छ । युवाहरू माझ बहुप्रतिक्षित यामाहा आर १५ भर्सन ४ ले नेपाली युवाहरूमा कस्तो प्रभाव पार्नसक्छ त्यो भने हेर्न बाँकी नै छ ।
यामाहाको रेसिङ लिगेसी बोकेको आर १५ले युवालाई रेसिङ ट्रयाकको अनुभव सडकमा नै दिएको छ । यसको युनिक डिजाइन, एड्भान्स टेक्नोलोजी, पावर, एग्रेशन लुक्स, स्मार्ट फिचर जस्ता कुराले यामाहा आर १५ को अलगै पहिचान निर्माण भएको छ ।
पछिल्लो समय नेपालमा बिग बाइक सेग्मेन्टमा स्पोर्टस् मोटरसाइकल पनि उपलब्ध छन् । यामामा, डुकाटी, एमभी अगष्टा, होन्डा जस्ता ब्राण्डले स्पोर्टस् मोटरसाइकल विक्री गर्दै आएका छन् । थोरै बजारका बाबजुद यामाहा आर १५ को विक्रीलाई निकै सफल मान्न सकिन्छ ।
समय सापेक्षा परिमार्जन, अन्तर्राष्ट्रिय ब्राण्ड लिगेसी र युवाको चाहना अनुसारको उत्पादन भएकै कारण यामाहा आर १५ को रेस जारी छ । त्यो रेसमा भर्सन फोरको भूमिका कुर्नु आफैंमा चाख लाग्दो बन्ने निश्चित छ ।

