यामाहा ‘आर १५’ लाई टक्कर दिन आउने भयो ‘सिबीआर १५० आर’

काठमाडौं । होन्डाले सिबीआर १५० आर भारतमा बनाउने भएको छ । यामाहाको आर १५ सँग सिधा प्रतिस्पर्धा गर्नेगरी होन्डाले नयाँ सिबीआर १५० आर भारतमा उत्पादन गर्न लागेको हो ।

पछिल्ला दिनमा भारतमा होन्डाले उत्पादन गरेका सबै मोटरसाइकल नेपाल आइरहेका छन् । त्यसैले चाँडै भारतमा आउन लागेको सिबीआर १५० आर पनि नेपाली बजारमा आउने छ ।

केही दिनअघि मात्रै होन्डाले भारतमा सिबीआर १५० आरको भारतमा प्याटेन्ट दर्ता गरेको थियो । नयाँ पेटेन्ट दर्ता भएको मोटरसाइकलले डिजाइन र इन्जिन क्षमताको हिसावले यामाहा आर १५ सँग सिधा प्रतिस्पर्धा गर्नेगर्ने देखिएको छ ।

ट्वीन बीम हेडल्याम्पमा आउने सिबीआर १५० आर निकै सार्प र स्टाइलिस रहेको छ । होन्डाले यो मोटरसाइकलमा गोल्डन कलरको यूएसडी फर्क, स्लीपर क्लच, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । उक्त क्लष्टरमा इन्धन खपतको अवस्था, गियर पोजीसन, स्पीडोमिटर, आरपीएम मिटर, समय, इन्धन लगायतका अवस्था जानकारी पाउन सकिन्छ ।

होन्डा सिबीआर १५० आरमा १४९ सीसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा १७.१ बीएच पावर र ७००० आरपीएममा १४.४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स रहने छ ।

होन्डाले केही दिन भित्रै भारतीय बजारमा ठूलो घोषणा गर्ने तयारी गरेको छ । कम्पनीले भारतीय बजारमा निकै आक्रमक रणनीति निर्माण गरेर कम सीसीका मोटरसाइकल ल्याउने योजना बनाइरहेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।


Back_to_top