मोटरहेड ब्राण्डको आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले पृथ्वी राजमार्ग अन्तर्गत पर्ने आँबुखैरेनिमा आफ्नो आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ । फाल्गुण १० गते एक समारोह वीच, उक्त मर्मत केन्द्रकाे उद्घाटन गरिएको थियो । कम्पनीले सो मर्मत केन्द्र ५ वर्ष देखि यसै क्षेत्रमा आवद्ध विश्वकर्मा वर्कशलाई आधिकारीक्ता प्रदान गरेको छ ।
अनुभवि र दक्ष स्थानीय ग्यारेजलाई प्राथमिकता दिँदै कम्पनीले मोटरहेड वाइक सम्बन्धि थप तालिम उपलब्ध गराउँदै पृथ्वी राजमार्ग हुँदै आवत जावत गर्ने आफ्ना मोटरहेड वाइकका ग्राहकलाई साथै गोर्खा, दमौली, लम्जुङ्गमा रहेका आफ्ना ग्राहकहरुलाई सेवामा सहजता दिलाउन यस आधिकारीक मर्मत सेन्टरका जिम्मेवारी लिएको जानकारी यस वर्कशपका सञ्चालक सुनिल क्षेत्रीले बताए ।

उनका अनुसार आजको मितिमा निरन्तर तथा चलाएमान रहेको यस ब्राण्डले सहज रुपमा पार्ट्स उपलब्ध गराउन सफल रहेको देखेर नै यस ब्राण्डको आधिकारीक मर्मत केन्द्र लिएको जानकारी दिए। हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका वाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै, हाइवे राइडरहरुलाई सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको बताए ।
कम्पनीले फाल्गुण १० गते आधिकारीक मर्मत केन्द्रकाे उद्घाटन गरी विभिन्न अफर दिँदै २ दिने एक्सचेन्ज क्याम्प पनि सञ्चालन गरेको थियो । जसमा ३ वटा मोटरसाइकल बिक्रि भएको थियाे ।

