नयाँ कलरमा बजाज पल्सर २५० सार्वजनिक, नेपाल ल्याउने तयारी

काठमाडौं । बजाजले गत वर्ष भारतीय बजारमा सार्वजनिक गरेको पल्सर सिरिजकै सबैभन्दा ठुलो क्षमताको मोटरसाइकल पल्सर २५० सार्वजनिक गरेको थियो । यसलाई थप नयाँ कलर अप्सनमा ल्याएको हो ।

बजाजले पल्सर एन२५० र एफ २५० गरि दुर्ई भेरियन्टमा बजारमा ल्याएको थियो । कम्पनीले बजाज एन २५० को मूल्य १ लाख ३८ हजार र एफ २५० को मूल्य १ लाख ४० हजार भारतीय मूल्यमा सार्वजनिक गरेको हो । हाल यी दुई मोटरसाइकल रेसीङ रेड र टेक्नो ग्रे कलरमा रहेको छ भने कम्पनीले एफ २५० थप नयाँ करल दिएको हो ।

बजाजले कम्पनीले निलो कलरमा ल्याएको बजाज पल्सर एफ २५० बजाजको अन्य मोटरसाइकलमा प्रयोग गरिएको निलो कलरभन्दा केही फरक रहेको छ । कम्पनीले यसअघि बजाज एनएस २००/१६०, २२० एफ, पल्सर १५०, एनएस १२५, प्लाटीना, सीटी १०० जस्ता मोटरसाइकलमा प्रयोग गर्दै आएको छ । अहिले कम्पनीले बजाज पल्सर एफ २५० कम्पनीले डार्क ब्लु कलरको प्रयोग गरेको छ । हाल एफ २५० मात्र निलो कलर अप्सनमा आएको छ भने एन २५० पनि निलो कलरमा आउने अनुमान गर्न सकिन्छ ।

कम्पनीले गत वर्षमात्र बजारमा ल्याएको यो मोटरसाइकलले राम्रो प्रतिक्रिया पाइरहेको छ । यसमा कम्पनीले कलरका अलावा अन्य कुनै परिर्वतन गरेको छैन् ।

नेपालमा कहिले?

गत वर्ष भारतीय बजारमा सार्वजनिक भएको बजाज पल्सर २५० नेपाली बजारमा सार्वजनिक हुने तयारीमा रहेको छ । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारि वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपाली नयाँ वर्षमा नेपाल ल्याउने तयारी गरि रहेको छ । विगत केही वर्ष यता बजाजले सबै मोडलमा मोटरसाइकलहरु नेपालमा नै एशेम्बल गर्दै आएको छ । कम्पनी बजार २५० सिरिजको पनि नेपालमा नै एशेम्बल गर्ने जनाएको छ ।

बजाज पल्सर २५० मा २४९.७ सीसीको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २४.५ पीएस पावर तथा २१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।


Back_to_top