काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो लोकप्रिय विद्युतीय एसयूभी ओरा फाइभमा दिँदै आएको ‘इन्ट्रोडक्टरी अफर’ समाप्त भएको छ ।
कम्पनीले ओरा फाइभ लन्च गर्ने बेला सीमित अवधिका लागि विशेष छुट दिँदै ओरा फाइभ मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार र हाइ भेरियन्ट ५१ लाख ९९ हजार उपलब्ध गराएको थियो ।
उक्त अफर सकिएसँगै अब ग्राहकले ओरा फाइभ मिड भेरियन्टमा डेढ लाख र हाइ भेरियन्टमा २ लाख रुपैयाँ थप तिर्नुपर्नेछ । कम्पनीका अनुसार अब ओरा फाइभको आधिकारिक मूल्य ४८ लाख ४९ हजार र हाइ भेरियन्टको ५३ लाख ९९ हजार रुपैयाँ कायम भएको छ ।
नेपाली बजारमा ओरा फाइभले छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा फिचर, लामो ड्राइभिङ रेन्जका कारण ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।

ओरा फाइभ विल्कुलै पृथक डिजाइनमा बनेको एसयूभी हो । ओरा फाइभ आफ्नो रेट्रो लुक, गोलाकार हेडलाइट, स्मूद बडी लाइन र सफा रियर प्रोफाइलको कारण राम्रो मानिएको छ ।
४,४७१ एमएम लम्बाइ र २,७२० एमएम ह्वीलबेस भएको एसयूभी साइजका हिसाबले कम्प्याक्ट भए पनि रोड प्रेजेन्समा निकै परिपक्व देखिन्छ । यसमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । जुन नेपाली सडकको लागि निकै उपयोगी हुनेछ ।
ओरा फाइभमा १०० किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले २६० न्यूटन मिटर पीकटर्क जेनेरेट गर्छ । यसमा एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ । ब्याट्री साइज ५८.३ किलोवाट आवरको छ । यसको रेन्ज पनि राम्रो छ । सिंगल चार्जमा डब्लूएलटीपी रेन्ज ४३५ किलोमिटर प्रमाणित भएको छ ।
क्याबिन ओरा फाइभको बलियो पक्षमध्ये एक हो। यसमा १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्च फ्लोटिङ टचस्क्रीन, कफी ओएस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ, प्यानोरामिक ग्लास रूफ र प्रिमियम फिनिससहितको लेआउट दिइएको छ ।
सुरक्षाको हिसाबले पनि ओरा फाइभलाई बलियो बनाएको छ। यसमा अडाप्टिभ क्रुज कन्ट्रोल, अटो इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइण्ड स्पट मनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट, ट्राफिक साइन रिकग्निसन र ५४० डिग्री क्यामेरा जस्ता फिचर छन्। टप भेरियन्टमा लाइडारमा आधारित ड्राइभर असिस्ट सिस्टम (एडास) छ।
ओरा फाइभमा ७ एयरब्याग, ९ स्पीकर, वेलकम सिट, भ्यान्टिलेटेड सिट, स्पेयर टायर र हिडन रियर वाइपर पनि पाउन सकिन्छ ।


