काठमाडौं । बैंकमा लगानी योग्य रकमको अभाव चुलिएको समयमा पनि विद्युतीय कारको आयात राम्रै देखिएको छ । फागुन महिनामा १६६ यूनिट विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
भन्सार तथ्यांक अनुसार साउनदेखि फागुनसम्ममा १ हजार ३५७ यूनिट विद्युतीय कार आयात भएको देखिन्छ । जुन माघ मसान्तसम्म १ हजार १९१ यूनिट थियो । माघमा भने आयात केही घटेको थियो ।
फागुनको आयात तथ्यांक अनुसार भारत र कोरियाबाट धेरै गाडी आयात भएको देखिन्छ । अहिले भातबाट टाटाले विद्युतीय गाडी आयात गरिरहेको छ भने कोरियाबाट हुन्डाईले गाडी आयात गर्दै आएको छ ।
भारतबाट फागुन महिनामा ११५ यूनिट विद्युतीय गाडी आयात भएको छ । यी सबै टाटा नेक्सन र टिगोर इभी हुन् । त्यसैगरी कोरियाबाट फागुनमा ४० यूनिट विद्युतीय कार आयात भएको छ । जुन हुन्डाई आयोनीक ५ र कोना इभी हुन् ।
साथै चीनबाट ११ यूनिट नयाँ गाडी आयात भएको देखिन्छ । यसमा अधिकांश गाडी बीवाइडीका हुन् ।

