विद्युतीय सवारीसाधनमा भइरहेको ‘मार्केटिङ गेम’

काठमाडौं । विद्युतीय सवारीसाधन अहिले विश्वभर बहसको विषय हो । परम्परागत कार उत्पादकले १० लाख यूनिट विद्युतीय कार विक्री गर्दा बजार मूल्यङ्कन १ खर्ब डलर माथि पुगेको हामीले देखेकै छौं । यस्तै वित्तीय खाडल परम्परागत कार मात्रै उत्पादन गर्ने र नयाँ विद्युतीय कार उत्पादन गर्नेको बीचमा पनि पाउन सकिन्छ ।

एउटा इलेक्ट्रीक कार बनाउने योजना सहित कन्सेप्ट देखाउने कम्पनीको बजार भ्यालु १५ अर्ब डलर पुग्न ५ वर्ष लाग्छ । तर, विद्युतीय ट्रक बनाउने कम्पनीले एउटा प्रोटोटाइप देखायो भने ५ वर्षमा उसको बजार भ्यालु फोर्ड मोटर कम्पनीको जत्ति वा सो सरह हुन्छ । त्यसको कारण लगानीकर्ताले नयाँ क्षेत्र खोजेको भन्ने मान्न सकिन्छ । कार बन्छ तर, ट्रक बनाउने कम्पनीको सीईओले आफ्नो दाबी पूरा गर्न सक्दैनन् र उनी पक्राउ पर्छन् ।

सोसियल मिडियामा ‘हाइप क्रियट’ गरेर अर्बौ अशुल्ने स्टार्टअप ईभी कम्पनी र नेपाली व्यापारीमा कुनै फरक रहने छैन ।

विश्व बजारमा यी र यस्तै खालका भविष्य केन्द्रीत सवारीसाधनको मार्केटिङमा विचलन देखिन थालेको छ । नयाँ स्टार्टअप कम्पनीले विज्ञापनको मुख्य क्षेत्र ट्वीटर, लिङ्कडिन लगायतका सोसियल मिडियालाई बनाउँदै आएका छन् ।

यसैगरी, १० वर्ष अगाडि डिजिटल डिभाइस बनाएर टेस्ला कम्पनीको उदय भएको थियो । त्यही समयबाटै विद्युतीय कार उत्पादनमा लाग्ने घोषणा गरेको कम्पनीको ‘अटोमोवाइल इन्डष्ट्री सफ्ट भएको छ भने, भ्यालुयसन भर्चूअल’ भएको छ । यसले फ्यूचर मोबिलिटी मार्केटिङमा सबैलाई स्वागत गरेको मान्न सकिन्छ ।

टेस्लाले सोसियल मिडियाको साहारले बलियो मार्केटिङ गर्न सफल भयो भने कार बनाएर विक्री पनि गरिरहेको छ । यसले केही हदसम्म लगानीकर्ता वास्तविकता नबुझी लगानी गर्दैनन् भन्ने प्रस्ट पार्छ । अब गाडी उत्पादकले आफ्नो उत्पादन बजारमा पठाएर व्यवसायिक सफलता पाएसँगै उसको कम्पनी ‘ब्लुचिप’ हुने दिन सुरू भएको छ ।

अहिलेसम्म चल्दै आएको कारको कन्सेप्ट देखाएर भर्चुअल प्रेजेन्टेसन मार्फत ट्वीटरमा आँधिबेहेरी सृजना गरी आफ्नो प्रोडक्टलाई फुलेको बेलुन जस्तो बनाउने दिन सकिँदै छन् । अबको दिनमा बनेको प्रोडक्ट, त्यसमा प्रयोग भएको कम्पोजिट मेटेरियल, स्टील, रबर, ग्लास जस्ता विषय नहेरी लगानीकर्ताले पत्याउने छैनन् ।

नेपालको सम्बन्धमा पनि अहिले विद्युतीय गाडी भन्ने बित्तिकै यो नै सबै कुरा हो जस्तो भान हुन्छ । जसरी नाम चलेका र नेपालीले राम्रोसँग नाम नै उच्चारण गर्न समेत नसक्ने चिनियाँ ब्राण्डका गाडी नेपाल ल्याउने प्रयास भइरहेको छ, यसले भविष्य उन्मुख सवारीसाधनको नाममा ठूलो जोखिम ल्याउने अनुमान गर्न सकिन्छ ।

नेपालमा तत्काल गाडी उत्पादन नहुने हुँदा भविष्यमा मेरो कम्पनीले यस्तो गाडी बनाउँछ भनेर हामीलाई ठग्ने अवस्था छैन । तर, नेपाल ल्याएर विक्री गरिने इलेक्ट्रीक कारहरू कुन गुणस्तरको छ भन्ने एकीन हुनु पर्छ । त्यसको लागि विक्रेता र सरकार दुवै इमानदार हुन जरुरी छ । सरकारले जस्तोसुकै गुणस्तरको वस्तु आयातमा रोक लगाउनु पर्छ भने आयातकर्ताले आफू र आफ्नो परिवार चढेर हिँड्दा सुरक्षीत हुने सवारीसाधन ल्याउनु पर्छ । अन्यथा सोसियल मिडियामा ‘हाइप क्रियट’ गरेर अर्बौ अशुल्ने स्टार्टअप ईभी कम्पनी र नेपाली व्यापारीमा कुनै फरक रहने छैन ।


Back_to_top