टाटाले बेच्यो ४ लाख यूनिट टियागो ह्याचव्याक

काठमाडौं । टाटा मोटर्सको ४ लाख यूनिट विक्री आँकडा भेट्टाउने पहिलो मोडल टियागो बनेको छ । यसअघि टाटाले इन्डिका, मान्जा, बोल्ट, जेष्ठ, आरिया, नानो, सफारी स्ट्रोम, सुमो जस्ता मोडल विक्री भएपनि कुनै पनि मोडलले ४ लाख यूनिटको विक्री आँकडा भेट्टाउन सकेको थिएन ।

टाटाले सन् २०१६ मा बजारमा ल्याएको टियागोले ५ वर्षको अवधिमा ४ लाख यूनिटको विक्री आँकडा भेट्टाएको हो । कुनै समय मासिक ८ देखि ९ हजार यूनिटसम्म विक्री आँकडा भेट्टाएको टियागो पछिल्ला दिनमा भने केही स्लो भएको छ । अहिले टाटा पन्च र नेक्सन जस्ता एसयूभीको विक्री बढी रहेको छ भने टियागोको विक्री ४ हजारमा झरेको छ ।

नेपालमा पनि टाटाले विक्री गर्ने टियागो कम्पनीको सफल ह्याचव्याक कार हो । २८ लाखदेखि ३३ लाख रुपैयाँ मूल्य राखेर सिप्रदी ट्रेडिङले विक्री गर्दै आएको छ ।


Back_to_top