काठमाडौं । जावाले आफ्नो स्टाइलिस क्लासिक मोटरसाइकल ‘जावा फोर्टी टु’ को नयाँ भर्सनको नेपालमा बुकिङ खुल्ला गरेको छ । कम्पनीले जावा फोर्टी टु २.१ भर्सनको बुकिङ खुल्ला गरेको हो ।
कम्पनीले नयाँ जावा मोटरसाइकलमा पहिलेको तुलनामा एग्जस्ट उत्कृष्ट बनाएको दाबी गरेको छ । साथै, पहिलेको तुलनामा थप आकर्षक पनि देखिएको छ । कम्पनीले नयाँ मोटरसाइकलको सिट ठूलो दिएको छ भने, इन्जिनमा समेत ट्यूनिङ गरेको जनाएको छ ।
नयाँ मोटरसाइकलमा पनि पहिले जस्तै २९३ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २७.३ पीएस पावर र २७.०२ एनएम टर्क प्रदान गर्नेछ । जावाले पहिलो पटक ‘क्रस पार्ट टेक्नोलोजी’को प्रयोग गरेको छ । नयाँ टेक्नोलोजीले मोटरसाइकलको थ्रोटल रेस्पोन्स पहिलेभन्दा उत्कृष्ट बनाएको छ ।
फोटी टु २.१ मा अलोय ह्वील, ट्यूवलेस टायर, ट्रिप मिटर, हेडल्याम्प ग्रिल जस्ता नयाँ फिचर रहेको छ ।
जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अग्नी मोटोइंकले यो मोटरसाइकलको मूल्य ७ लाख ५८ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ सुरु गरेको कम्पनीले जनाएको छ ।

