काठमाडौं । आर्थिक वर्ष २०७५/७६को सुरुवात संगै सवारीसाधन आयातकर्ता कम्पनीहरुले अाफुले ब्रिक्री गर्न सवारीसाधनकाे मूल्यमा परिर्वतन गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट मार्फत पहिलो पटक सवारी साधनको इन्जिन क्षमताको आधारमा अन्तशुल्क र कर निर्धारण गरेको छ । करको वृद्धि गरेसँगै नेपालमा रहेका विभिन्न ब्रान्डका आयातकर्ता कम्पनीले मूल्यमा हेरफेर गरेका हुन् ।
हामीले समाचारमा उल्लेख गरेका हुन्डार्इ, मारूती सुजुकी, रेनाे र ड्याट्सन मध्ये हुन्डार्इले मूल्यमा कुनै परिवर्तन गरेकाे छैन भने अन्य कम्पनीले ६० हजारसम्म मूल्य बढाएका छन् ।
हुन्डाई इयाेन

हुन्डाई मोटरको लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले आयातगर्दै आएको ८१४ सीसी इन्जिन क्षमताको इयोन डिलाइटको मुल्यमा कुनै परिर्वतन गरेको छैन । नेपाली बजारमा यसलाई १६ लाख ९६ हजार रुपैयाँमा बिक्री बितरण गर्दै आएको छ । यसमा अन्तशुल्क नबढेपनि सडक करवृद्धिको रकम पनि कम्पनीले बढाएको छैन ।
कम्पनीले इयोन डिलाईट प्लसको मूल्य १७ लाख ९६ हजार र इयोन इरा प्लस को मूल्य १८ लाख ९६ हजार तोकेको छ । यी दुबै कारमा समान ८१४ सीसी इन्जिन प्रयोग गरिएको छ ।
त्यस्तै ९९८ सिसी क्षमताको इयोन म्याग्ना प्लस, ११९७ सीसीको ग्रान्ड आई १० म्याग्ना र ग्रान्ड आई १० म्याग्ना एटि लगायतका मोडलको मूल्यमा परिमार्जन गरिएको छैन ।
मारुती सुजुकी अल्टाे, वागेनअार

मारुती सुजुकी कम्पनीका विभिन्न मोडलको मूल्यमा परिमार्जन गरिएको छ । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोर्कपले ७९६ सीसीको मारुती सुजुकी अल्टो ८०० एसटिडीको मुल्य १५ लाख ९९ हजारबाट बढेर १६ लाख ३९ हजार पुगेको छ ।
कम्पनीले अल्टोमा ४० हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ । ७९६ सिसीकै, अर्काे मोडल मारुती सुजुकी अल्टो एलएक्सआईको मूल्य १७ लाख ९९ हजारबाट बढेर १८ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी मारुतीको अल्टो के १० भिएक्सआईको मुल्य बढेर २० लाख २९ हजारबाट २० लाख ७९ हजार पुगेको छ । यसमा कम्पनीले ५० हजार मूल्य बढाएको छ ।
यसमा ९९८ सीसी क्षमताको इन्जिन दिइएको मारुती सुजुकी न्यु वागेन आर भि एक्सआईको मुल्य २२ लाख ६९ हजारबाट वृद्धि भई २३ लाख २९ हजार पुगेको छ । यसमा कम्पनीले ६० हजार मूल्य बढाएको छ ।
त्यस्तै, मारुती सुजुकी सेलेरियो भिएक्सआईको मूल्य ५० हजारले बढेर २३ लाख ९९ हजार पुगेको छ । बजेट अघि यसको मुल्य २३ लाख ४९ हजार रहेको थियो ।
रेनो क्विड

रेनोको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले ९९९ सीसी इन्जिन क्षमताको रेनोल्ट क्विड १.० एलआरएक्सटी पेट्रोल भेरियन्टको मूल्य २२ लाख २४ हजार ५ सय ३३ रुपैँयाँ रहेको छ । रेनोल्ट क्विड एलआरएक्सटी ‘०’पेट्रोल भर्जनको मुल्य २२ लाख ७३ हजार ६ सय ४५ रहेको छ ।
रेनोल्ट क्विड १.० एलआरएक्सएल एमटी पेट्रोल भर्जनको मुल्य २१ लाख ९६ हजार ६१३ रहेको छ भने , रेनोल्ट क्विड १.० एलआरएक्सटि‘०’एमटी पेट्रोल मुल्य २४ लाख ११ हजार ६ सय ६३ निर्धारण गरिएको छ ।
ड्याट्शन रेडी गाे
ड्याट्शन रेडी गो ०.८, ७९९ सिसिको मुल्य १५ लाख २५ हजार पुगेको छ । त्यस्तै सोही क्षमताको इन्जिनको प्रयोग भएका ड्याट्न रेडिगो ०.८ टि ओ (०)को मुल्य १८ लाख ४५ हजार निर्धारण गरिएको छ भने, ड्याट्सन रेडिगो ०.८ एसको मुल्य १९ लाख २५ हजार रहेको छ । ९९९ सीसी इन्धनको प्लाटफर्म अन्र्तगत ड्याट्न रेडिगो १.० टि‘०’को मुल्य १९ लाख ९९ हजार रहेको छ भने, रेडिगो १.० एसको मुल्य २० लाख ५९ हजार रहेको छ ।


