इटलीयन चर्चित स्कुटर ब्रान्ड पिजाजियोले भारतीय बजारमा ‘भेस्पा नोटे’ स्पेशल अडिशन सार्वजनिक गरेको छ । कम्पनीले भेस्पा नोटे मुल्य ६८ हजार ६ सय ४५ रुपैयाँ भारु निर्धारण गरेको छ ।
कम्पनीले तीन पावरट्रेनको विकल्प नयाँ स्कुटर बजारमा ल्याएको हो । जस अन्र्तगत ५० सीसी, १२५ सिसि तथा ३०० सिसि इन्जिन क्षमता विकल्प दिइएकोे छ । पियाजियोले भारतीय बजारमा परिचित संस्करणलाई जोडदिने योजना बनाएको छ भने, याट क्लबले भेस्पा नोटेलाई सीमीत संस्करणमा निर्माण गरेको छ ।
इटालियन कम्पनीद्धारा उत्पादीत प्रिमावेरा स्कुटरले भारतीय बजारमा पारस्पारिक कदम चाल्ने अनुमान गरिएको छ । भेस्पा नोटेमा१२५ क्षमताको सिसिको सिंगल सिलिन्डर दिइएको छ । यसले ७५०० आरपिएममा ९.७६ बिएचपी पावर उत्पादन गर्छ भने ६ हजार आरपिएममा १०.६ एनएमटर्क उत्पादन गर्छ ।
भेस्पा एक्स१२५ मा पनि यहि इन्जिनको प्रयोग गरिएको छ , जसको मुल्य भेस्पा नोटेको भन्दा ४ हजार बढि रहेको छ । नोट ब्लाक कलर अप्शनमा निर्माण गरिएको छ ।
यसले केही दिन अगाडि सार्वजनिक भएको सुजुकीको बर्गम्यान स्ट्रिट १२५, टिभीएस एनटोरक, होन्डा ग्राजिया तथा अप्रिलिया एसआर १२५ जस्ता प्रमीयम १२५ सिसि क्षमताको स्कुटरसंग प्रतिस्पर्धा गर्ने अुनमान गरिएको छ । साथै, नोटमा एलएक्स २२५ मा समावेश भएजस्तै क्रोम सिस्टम, ब्याक अटाएर लगायतका विशेषता दिईएको छ । यसमा ७ सय ७० मिलीमिटरको सिट हाइट रहेको छ भने, १५५ एमएम ग्राउँन्ड क्लियरेन्स दिइएको छ ।
यसको जम्मा तौल ११४ किलोग्राम रहेको छ । ७ लिटर क्षमताको फ्युल ट्यांकी राखिएको

