काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा एक हप्तापछि नै ५ प्रतिशतभन्दा बढीले मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँले मूल्य बढाएको हो ।
भोलिबाट पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, मटिट्तेल र डिजेलको मूल्य समान १६३ रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यसैगरी निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँ बढाएको छ । अब एक सिलिण्डर ग्यास किन्न १८०० रुपैयाँ तिर्नु पर्ने भएको छ । अन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि १० रुपैयाँ बढेको छ ।



