बीवाइडीको ब्राण्ड एम्बेस्डरमा हरिबंश आचार्य, एटो थ्रीको प्रमोशन सुरु हुने

काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले अभिनेता हरिबंश आचार्यलाई ब्राण्ड एम्बेस्डर बनाएको छ । कम्पनीले हिजो एक कार्यक्रम आयोजनागरी उनलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो ।

ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै कम्पनीले नयाँ एसयूभी एटो थ्रीको नेपालमा प्रचार प्रसार सुरु गर्ने भएको छ । कम्पनीले जेठ १५ गतेपछि एटो थ्रीको बुकिङ खुल्ला गर्ने तयारी गरिरहेको छ ।

नयाँ मोडल नेपाल ल्याउने तयारीमा जुटेको साइमेक्स इंकले डिलर मिटसमेत गरेको हो । त्यहि डिलर मिटको दौरान आचार्यलाई ब्राण्ड एक्बेस्डर नियुक्त गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र अभिनेता आचार्यले सम्झौता पत्रमा हस्तार गरेका थिए ।

ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै आचार्यले भने, ‘विश्वभर नै विद्युतीय सवारीसाधनको प्रयोग ब्यापक बन्दै गएको छ । पृथ्वीलाई नै प्रदुषण चुनौती बन्दै गएको समयमा मैले बीवाइडीसँग सहकार्य गर्ने मौका पाएकोमा अत्यन्त खुसी छु । मेरो सहकार्यले प्रदुषण रहित गाडीको संख्या सडकमा बढ्न सकोस् ।’

नेपाली कलाकारीताको क्षेत्रमा लामो समयदेखि सक्रिय आचार्य एउटा कलाकार मात्र नभई सामाजिक अभियन्ताको रुपमा आफ्नो छवि निर्माण गर्न सफल भएका छन् । उनको सहकार्यमा बीवाइडीले आफ्नो ब्राण्ड नेपालमा प्रचार प्रसार गर्नेछ ।


Back_to_top