दुई जापानी जाइन्ट ‘सोनी र होन्डा’ मिलेर इलेक्ट्रीक कार बनाउने

काठमाडौं । जापानको दुई ठूला कम्पनी सोनी ग्रुप कर्पोरेशन र होन्डा मोटर कम्पनीले संयुक्त लगानीमा इलेट्रीक भेहिकल निर्माण गर्ने भएका छन् । यी दुबै कम्पनीको लगानीमा ‘सोनी-होन्डा मोविलीटी इंक’ नामको कम्पनी स्थापना गर्ने सम्झौंता भएको हो ।

नयाँ कम्पनीले उच्च मूल्यका पर्फमेन्समा आधारित इलेक्ट्रीक सवारी साधनको विकास र उत्पादन गर्ने जनाइएको छ । यी दुई कम्पनी बीच समझदारी बन्न लागेको खबर निकै पहिलादेखि आएको भएपनि गत आइतवार आधिकारीक हस्ताक्षर भएको हो ।

सोनी कन्जुमर इलेक्ट्रोनीक्सको क्षेत्रमा ग्लोबल लिडर हो भने होन्डा दुनियाँ भरमा मोविलीटी क्षेत्रको एक प्रमुख खेलाडी हो । आजको समयमा आधुनिक कारमा इलेक्ट्रोनीक फिचरहरुको भरपुर प्रयोग हुन थालेसँगै यी दुई ठूला कम्पनी बीचको सहकार्यलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

होन्डासँग मोबिलीटीको विकास, सेफ्टी टेक्नलोजी, भेहिकलको बडी म्यानुफ्याक्चरीङ टेक्नलोजीका साथै विक्रीपछिको सेवा प्रदान गर्दै आएको लामो अनुभव छ । यता सोनीसँग इमेजीङ, टेलीकम्यूनीकेसन, नेटवर्किङग, कन्जुमर इलेक्ट्रोनीक्सको क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकास र प्रवद्र्धन गरेको अनुभव छ ।

यस्ता दुइवटा दिग्गज कम्पनी मिलेर बनाउने सवारी कस्तो हुनेछ भन्ने थाहापाउन भने सन् २०२५ सम्म प्रतिक्षा गर्नु पर्ने हुन्छ ।


Back_to_top