काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ३५ करोड रुपैयाँ सवारीसाधन कर बापत उठ्ने भन्दै स्थानिय निकायलाई उक्त रकम बाँडफाँड गरेको छ ।
प्रदेश सरकारले बागमती प्रदेश भित्र रहेका सम्पूर्ण ११९ स्थानिय निकायलाई रकम बाँडफाँड गरेको हो । प्रदेश सरकारले बाँडफँड गर्दा सबैभन्दा कम रकम रसुवाको कालिका गाउँपालिकाले ९६ लाख ४१ हजार रुपैयाँ पाएको छ । सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले ४६ करोड ३४ लाख ९९ हजार रुपैयाँ पाएको छ ।
संघिय संरचना निर्माणसँगै प्रदेश सरकारले यातायात क्षेत्रको वार्षिक कर संकलन, लाइसेन्स नविकरण, दर्ता र प्रदुषण परिक्षण जस्ता काम गर्दै आएको छ । त्यसबापत उठ्ने रकमलाई विभाजन गरेर स्थानिय निकायमा पठाउने चलन छ ।
स्थानिय तह अनुसार प्राप्त रकम के कति छ भन्ने हेर्न यहाँ क्लिक गर्नु होला ।


