जापानिज मोटर कम्पनी निशान मोटर्सको कम्प्याक एसयूभी किक्सको भारतमा ‘रोड–टेस्ट’ गरिरहेको देखिएको छ । सन् २०१९ को जनवरीमा भारतीय बजारमा कम्प्याक एसयूभी किक्स सार्वजनिक हुने अनुमान गरिएको छ ।
विश्व बजारमा यसको नाम किक्स दिएको भए तापनि भारतमा यो कम्प्याक एसयूभीको नाम फरक हुने अनुमान गरिएको छ । यो गाडीले भारतीय बजारमा एसयूभी सेग्मेन्टमा राम्रो प्रदर्शन गर्ने कम्पनीको अपेक्षा रहेको छ ।
पाँच सिटमा तयार भएको यस गाडी बोल्ड स्टाइलिस्ट रिजिट बोनेट रहेको छ, भने म्यासिभ ह्वील आर्कसहितको डिस्टेन्सीभ फ्रन्ट ग्रील देखिएको छ । यसमा पछाडिसम्म पुगेको ए, बी, सी साइड पिल्लर कन्ट्रास्टिङ्ग रहेको छ । ओभरअलमा यो एसयूभी भारतमा लञ्च भएको अरू निशानका गाडीभन्दा स्टाइलिस र स्पोर्टी देखिएको जनाइएको छ ।
यो गाडी योङ्ग र स्पोर्टी भएकोले आजको युवालक्षित मार्केटमा सजिलै कनेक्ट हुने अपेक्षा गरिएको छ । यसको इन्टेरियरमा सात इञ्चको इम्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्टोल र फ्ल्याट बटम स्टेरिङ्ग ह्वील रहेको जनाइएको छ ।
किक्समा अन्तर्राष्ट्रियस्तरको अनबोर्ड सेफ्टी फिचरहरूजस्तो एक्टीभ टेरेस कन्ट्रोल, मूभिड अब्जेक्ट डिटेक्सन, डाइनामिक ब्रेक कन्ट्रोल , एक्टीभ ब्रेक असिस्टेन्ट आदि रहेको छ । तर, भारतीय बजारमा यी फिचरहरू कति हुनेछन् या छैन, कम्पनी स्पस्ट पारेको छैन ।
भारतीय उत्पादनमा अटोमेटिक–एसी, रियर–एसी भेन्ट, सनरुफ, किलेस इन्टी, पुस बटमस्टार्ट स्टप, ड््यूल फ्रन्ट एयरव्याग, हाइट एड्जस्टेवल ड्राइभरसिट, ईबीडी, एबीएस, ब्रेक असिस्टेन्ट, इञ्जिन ईमोवीलाइजरजस्ता फिचरहरू अवश्य नै हुनेछ ।
हिल लञ्च एसीस्ट तथा डिसेन्ड एसीस्ट फिचर टप भेरियन्टमा राखिने गरिएको छ ।
भारतमा उत्पादन हुने यो कम्प्याक एसयूभीमा टेरानोमा प्रयोग भइरहेको इञ्जिन प्रयोग हुनसक्ने अनुमान गरिएको छ । यसमा १.५ लिटरको केनाइन डिजेल इञ्जिन तथा १.६ लिटर पेट्रोल इञ्जिन हुने जनाइएको छ ।

