चावहिल चोकमा बाइकलाई बसले ठक्कर दियो

काठमाडौं । अहिले बिहान १० बजे चावहिलमा सवारी दुर्घटना भएको छ । चाबहिलबाट गौशालातर्फ आउँदै गरेको मोटरसाईकललाई पछाडि बाट आएको बसले ठक्कर दिदा दुर्घटना भएको हो । 

मोटरसाइकल चालकलाई सामान्य चोट लागेपनि मोटरसाइकलमा भने निकै क्षति पुगेको छ । घटना स्थलमा ट्राफिक प्रहरीको उपस्थिति भएकाले दुबैलाई प्रहरीले नियन्त्रमा दिएर घटनाको छानबिन गरिरहेको जनाएको छ । 

उपत्यकामा सवारी दुर्घटना र ट्राफिक जाम निकै बढी रहेको छ । विगत २ हप्तामा उपत्यकाको ट्राफिक जामले मानिसलाई निकै समस्यामा पार्दै आएको छ । 


Back_to_top