काठमाडौं । टाटा मोटर्सको निकै सफल र चर्चित कम्प्याक्ट एसयूभीलाई सुरक्षा टेष्टमा एनक्यापले ४ स्टार रेटिङ दिएको छ । यो टाटाको कारले गरेको एकदमै राम्रो मध्यको एक प्रदर्शन हो ।
ग्लोवल एनक्यापले दिएको रिपोर्ट अनुसार बयस्कहरुको लागि यो कारमा भएकाे सुरक्षालार्इ ४ स्टार रेटिङ दिइएको छ भने बच्चाको सेफ्टीलाई ३ स्टार रेटिङ दिइएको छ ।
यस टेष्टमा एसयूभीको बडीलाई स्टेवल रेटिङ दिइएको छ त्यसको लागि कारलाई ६४ किलोमिटर प्रतिघन्टाको स्पीडमा अगाडिको भाग ठोक्काएर टेष्ट गरिएको थियो ।
यस टेष्टको रिजलटसँगै टाटाका पेसेन्जर भेइकल युनिटका प्रेसिडेन्ट मयंक पारेकले नेक्सन भारतमा बिक्री भइरहेका एसयूभी मध्ये सबैभन्दा बढी सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् ।
टेष्ट रिपोर्टको अनुसार टाटा नेक्सन दुर्घटनाको समयमा अगाडि सिटमा बस्ने पेसेन्जर र ड्राइभरको टाउको, छाति र गर्दन सुरक्षित रहने देखिएको छ । कम्पनीले सुरक्षाको दृष्टिकोणबाट कारमा ड्यूल एयर ब्याग, एबीएस र ईबीडी स्टायडर्ड दिइएको छ ।
यस्तो छ कारको विशेषता
नेक्सनको आंशिक डिजाइन ल्याण्डरोभर र रेञ्जरोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयूभी मोडलमा नयाँ आयाम ल्याएको टाटाले जनाएको छ ।
टाटा नेक्सन कारमा १.२ लिटर पेट्रोल र १.५ लिटरमा डिजेल इञ्जिनमा उपलब्ध रहेको छ । यस कारमा ६.५ इञ्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यस कारमा एन्ड्रोईड अटो, एप्पल कार प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टीफङ्सन स्टेयरिङ ह्वील र पावर विन्डोजस्ता फिचर दिइएको छ ।
कारमा अन्य फिचरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डे टाइम हेडल्याम्प र एलईडी टेल ल्याम्पयुक्त नेक्सनमा १६ इञ्चको एलोई ह्वील, उत्कृष्ट फिटीङ, ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम छ ।

