रेनोले पूर्व फ्रेन्च फुटवल स्टार स्टाईकर थिएरी हेनरीलाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
उनलाई अब रेनोको बिज्ञापनमा केही चर्चित टेलिभिजन प्रोगाम र प्रिमियर लिग सिजन २०१८–१९ मा देख्न सकिने कम्पनीले जनाएको छ । यसअघि उनि २००२ मा समेत रेनोको ब्रान्ड एक्बेसडरको रुपमा रहेका थिए । फेरी पुनः १६ बर्षपछि हेनरी रेनोसँग जोडिएका छन् ।
उनलाई कम्पनीले जोडेर विशेषगरी क्यालियो, क्याप्चर र अल न्यू मेगेनी आरएसको प्रमोशन क्याम्पेनमा प्रयोग गर्ने जनाएको छ ।
‘मलाई निकै खुसीलागेको छ धेरै पछि पुनः रेनो ब्रान्डसँग जोडिएर कामगर्न पाउँदा, अझ विशेषगरी म सक्रिय खेलाडी जिवनबाट बाहिर निस्कदासमेत कम्पनीले मलाई यो अवसर दिएको छ । म भोलीको दिनमा कम्पनीको प्रचार प्रसारमा कसरी जोडिन सकिन्छ र प्रिमियर लिगमा पहिला जस्तै भा भा वुमलाई कसरी फर्काउन सकिन्छ भन्ने तर्फ सोचिरहेको छु’ हेनरीले भने ।
जसरी हेनरीले सक्रिय जीवनमा फुटवल खेलेर हामीलाई आर्कषित बनाए त्यसैगरी भर्रखरै सकिएको फुटवल विश्व कपमा पनि उनको उपस्थिति उत्कृष्ट रह्यो । यो नै उनको ‘प्यासन पर लाईफ’ र कम्पनीको स्लोगन हो’ कम्पनीका युके हेड टोरिटेले भने ।

