रनरको अफरः १ लाख ५२ हजारको बाइक किन्दा ५० हजारसम्म छुट

काठमाडौं । यस वर्षको मनसुन अफरको रुपमा रनर मोटरसाइकलकोलागि नेपालको आधिकारीक वितरक रमण मोटर्सले  आर्कषक छुट योजना घोषणा गरेको छ । 

यस मनसुन अफर योजनामा रनर मोटरसाइकलको खरिदमा ग्राहकले फ्री रेनकोट, पञ्जा, हेलमेट र रनरको टि–सर्ट पाउने कम्पनीे जनाएको छ ।

साथै हरेक मोटरसाइकलको खरिदमा ग्राहकले स्क्र्याच गरी १० हजार देखि ५० हजारसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

साथै एक्सचेन्ज अफरमा हालसम्मकै उत्कृष्ट मूल्यांकन र फाइनान्सको सुविधा समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीले अहिलेसम्म कसैले नदिएको ६ वर्ष सम्मको वारेन्टी सबै मोडलहरुमा दिएको जानकारी पनि गराएको छ ।

रमण मोटर्सले अहिले नेपालमा १५० सीसीसम्मका ७ ओटा मोडलका मोटरसाइकल तथा ११० सीसीको स्कुटर देश भरिका डिलर तथा सोरुमहरुबाट बिक्री गर्दै आएको बताएको छ ।

कम्पनीले नेपाली बजारमा १ लाख ५२ हजारदेखि २ लाख ४५ हजारसम्मको बाइक बिक्री गर्दै आएको छ । 


Back_to_top