यसरी निकालियो लुभुमा बगाएको कार, पानीमा डुवे यसो गर्नुस् क्षति कम हुन्छ

काठमाडौं । ललितपुरको लुभुमा सोमबार हेर्दाहेर्दै एउटा कार पानीले बगायो । कारधनिलाई लाग्यो कि यो कार अब सकियो, कामै नलाग्ने गरेर बर्बाद भयो । तर, कारलाई पानीको भेलले त्यति टाढा पुर्याउन भने सकेन, केही तल पुर्याएर कार अड्कीएर बस्यो । 

सोसल मिडियामा आएका तस्बिर तथा भिडियोमा देखिएअनुसार सो कार पूर्णतया डुबेको थियो र ८–९ घन्टासम्म पानीमै रहेको थियो ।

पानी कम भएपछि कार चालकले अथोराईज सर्भिस सेन्टरमा खबर गरे र गाडीलाई क्रेनको सहायताले निकालेर ट्रकमा राखेर सर्भिस सेन्टरमा पुर्याइयो । सर्भिस सेन्टरमा पुर्याएपछि मेकानिक्सहरूले हेर्दा कार पूरै हिलोमैलोले भरिएको थियो ।

सर्भिस सेन्टरकाअनुसार लुभुमा बगेको कारको केसमा इन्जिनभित्रै पानी पुगेको छैन, तर यसको इन्जिनको वरिपरीको अरू पाट्र्सहरू खोलेर हेरिसकेपछिमात्र कम्फर्म हुनेछ । 

त्यसपछि सबभन्दा पहिला कारको हिलो सफा गर्ने काम गरेको सर्भिस सेन्टरले जनाएको छ । कारको बडी एक साइडमा ड्यामेज भएको छ, साइडविण्डो ग्लास फुटेको छ । तर, विण्डस्क्रिन र व्याकस्क्रिन भने फुटेको छैन ।

कार पानीमा डुब्दा कस्ता क्षति

कार यसरी पानीमा डुबेमा इलेक्ट्रीक सिस्टम पूर्णत बिग्रन्छ किनकि इलेक्ट्रीक सिस्टममा पानी परेपछि सर्ट हुने तथा खिया लागेर कनेक्सन टुट्ने हुन्छ । त्यस्तै, पानीले एयरफिल्टर ड्यामेज हुन्छ । कारमा रहेको लुब्रिकेन्ट, ब्रेकआयल, हाइड्रोलिक फ्यूल सबै परिवर्तन गर्नुपर्छ । 

यदि चालकले होस् पुर्याएमा कारको इन्जिन तथा गियरबक्सभित्र भने पानी छिरेको हुँदैन । त्यसकालागि यस्तो अवस्थामा भुलेर पनि इञ्जिन स्टार्ट गर्ने प्रयास गर्नु हुँदैन । यदि इन्जिन स्टार्ट गरेमा पानी सम्पूर्ण इन्जिनमा फैलिन गई धेरै इञ्जिनका पाट्र्सहरू ड्यामेज हुने तथा इन्जिन नै सिज हुन पनि सक्छ ।

सर्भिस सेन्टरकाअनुसार लुभुमा बगेको कारको केसमा इन्जिनभित्रै पानी पुगेको छैन, तर यसको इन्जिनको वरिपरीको अरू पाट्र्सहरू खोलेर हेरिसकेपछिमात्र कम्फर्म हुनेछ । यो कारको क्षतिको मूल्याङ्कन नभइसकेकोले कति पैसा लाग्छ, थाहा छैन । तर, यसको बाहिरी बडीमा भएको ड्यामेज र पानी तथा हिलोमा डुबेकोले बनाउन कम्तीमा एक महिना लाग्ने सर्भिस सेन्टरले मेरोअटोलाई जानकारी दिएको छ ।

कम्पनीको सर्भिस सेन्टरमा कम्पनीबाटै तालिमप्राप्त इञ्जिनियर तथा मेकानिक्सहरू हुन्छन्, जसले कमसेकम क्षति तथा कम खर्चमा राम्रोसँग गाडी मर्मत–सम्भार गरिदिन्छन् । साथै, केही सामान फेर्नैपरेमा पनि ओर्जिनल सामानमात्र फेरिने भएकोले लामो समयसम्म टिकाउ हुन्छ ।

कार पानीमा डुबेमा के गर्ने ?

हिजोआज उपत्यकामै पानीको लेबल बढेर कुन बेला तपाईं हाम्रो गाडी पार्क गरेकै ठाउँमा डुब्नसक्छ । केही समय अगाडि भक्तपुरमा पानीले धेरै सवारीसाधनलाई क्षति पुर्याएको थियो भने सोमबार परेको पानीले काठमाडौं र ललितपुरका धेरै स्थानमा सवारीसाधनहरू क्षति पुर्याएको थियो ।

सोमबारमात्र कुपन्डोलमै एउटा कार पानीमा फसेको थियो । पछि कारधनिले पानी घटिसकेपछि आफैँ स्टार्ट गरेका थिए । तर, केही छिनमै पानी इन्जिनमा पुग्न गई कार बन्द भएको थियो । सो कारको इन्जिन नै सिज भएको छ ।

यदि यस्तो अवस्था आइहालेमा सबभन्दा पहिला आफु संयमित हुनुपर्छ । प्रायः सवारीसाधनको फुल इन्स्योरेन्स गरेको हुने हुनाले सबैभन्दा पहिला इन्स्योरेन्स कम्पनीलाई सूचना दिनुपर्छ । कारमा पानीमा डुबेको पानीको स्तर र समयअनुसार विभिन्नखालको क्षति पुगेको हुनसक्छ ।

पानी घट्यो भन्दैमा आफैँ कार स्टार्ट गर्ने मूर्खता कहिले पनि गर्न हुँदैन । सबभन्दा पहिला ब्याट्रीको कनेक्सन छुट्याउनुपर्छ । यसो गर्दा इलेक्ट्रीक सर्ट हुने सम्भावना हुँदैन । तुरुन्तै आफ्नो अथोराइज्ड सर्भिस सेन्टरलाई खबर गर्नुपर्छ ।

आफैँ चलाउने प्रयास गरेमा गाडीमा झन् बढी क्षति पुग्नसक्छ । आजकाल कम्पनीका सर्भिस सेन्टरहरूले कुनै पनि समय कुनै पनि स्थानमा सर्भिस दिन हरदम तयारी अवस्थामा रहने गरेका छन् ।

सोमबारमात्र कुपन्डोलमै एउटा कार पानीमा फसेको थियो । पछि कारधनिले पानी घटिसकेपछि आफैँ स्टार्ट गरेका थिए । तर, केही छिनमै पानी इन्जिनमा पुग्न गई कार बन्द भएको थियो । सो कारको इन्जिन नै सिज भएको छ ।

सो कार अहिले कुपन्डोलको हुन्डाई सर्भिस सेन्टरमा मर्मत (सर्भिस) सेन्टरमा रहेको छ । यदि सुरुमै उनले सर्भिस सेन्टरमा खबर गरेको भए, उनको कारको इन्जिनसम्म क्षति हुन पाउँदैनथियो ।

त्यसैले हरेक सवारीचालक पानीमा डुबेको गाडी चलाउनु पूर्व सचेत बन्ने हो भने पानीले धेरै नोक्सानी गर्न सक्दैन ।


Back_to_top