काठमाडौं । हेर्दै लोभलाग्दो लुक्स, मनै लोभ्याउने आवाज, युवा वर्गको पहिलो ध्यान आर्कषण गर्ने बाइक भनेकै स्पोर्टस बाइक हो । स्पोर्टस बाइकमा हुइकने रहर नहुने सायदै कमै मात्र होलान ।
जति स्पोर्टी बाइकमा हुँइकदा आनन्द आउँछ तेतिनै यसले आर्थिकभार थपिरहेको हुन्छ । नेपाल जस्तो देशमा त स्पोर्ट बाइक सपना जस्तै हो । सडकको अबस्था कमजोर भएको मुलुकका लागी स्पोर्टस बाइकको बजार राम्रो मानिदैन ।
यसका बावजुद पनि तपाइ स्पोर्टस बाइक किन्ने बिचारमा हुनुहुन्छ भने यी ५ कुरमा बिशेष ध्यान दिनुस्ः
१. तात्ने समस्या
स्पोर्टस बाइकमा ठुलो क्षमताको इन्जिन प्रयोग गरिने कारण यसको इन्जिनमा तातिने समस्या आउन सक्छ । अझ हाम्रो सडकको कन्डिसनले पनि यस्ता बाइक चलाउन योग्य छैनन् । यस्तोमा स्पोर्ट बाइक तातेर समस्या सृजना गर्न सक्छ ।
२. टायरमा समस्या
यहाँको सडक स्पोर्ट बाइक चलाउन उपयुक्त नै छैन । खराव सडकका कारण यस्तो बाइकको टायर चाडैनै खिइएर फेर्नु पर्ने हुुन्छ । स्पोर्टस बाइकमा प्रयोग हुने टायर महंगो पर्ने हुदाँ यसमा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ ।
३. भारि तौल
स्पोर्टस तथा सुपर बाइकको तौल धेरै हुने गर्दछ । जसले गर्दा कन्ट्रोल गर्न मुस्किल पर्न सक्छ । जामको समस्या हुने स्थानमा झनै गाह्रो हुन्छ । यसकारण आफ्नो शारिरीक अबस्था अनुसार बाइकको छनोट गर्नु पर्ने हुन्छ ।
४. खर्चिलो
यस्तो बाइक मर्मतमा धेरै खर्च हुने गर्छ । यसको पार्टस् सजिलै जतापनि नपाइने समस्यासमेत रहन्छ । साथै यस्तो बाइकको सर्भिसिङ पनि महंगो हुन्छ । यसलाइ पनि मध्य नजर गरेर किन्दा उपयुक्त हुन्छ ।
५. इन्धन
सुपर तथा स्पोर्टी बाइकमा प्रयोग गरिने इन्धन उच्च कोटिको हुनु पर्छ । सामान्य इन्धनको प्रयोगगर्दा यस्तो बाइकको प्रर्दशनमा ह्रास आउने तथा इन्जिनमा छिटो समस्या आउने हुन्छ ।
हामी कहाँ गुणस्तरयूक्त पेट्रोलियम पदार्थ पाउन सकिदैन त्यसैले यसमा पनि बिशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।


