इलेक्ट्रीक भहिकललाइ कसरी स्तरीय बनाउने भनेर बिभिन्न कम्पनीहरुले ठुलो मात्रामा जनशक्ति जना पैसा लगानी गरिरहेका छन् ।
यसै बिच एउटा जर्मन स्टार्टअप कम्पनीले इलेक्ट्रिक भेहिकलमा नयाँ सुरुवात गरेको छ । जर्मनीको म्युनिखस्थित सोनो मोटर्स नामक स्टार्टअप कम्पनीले कार गुडिरहँदा आफै चार्ज हुने सोलार कार ‘सियोन’ निर्माण गरेको छ ।
यो आविस्कारले पटक पटक ब्याट्री चार्ज गर्नुपर्ने झन्झट मुक्त्त हुने बिश्वास गरिएको छ । यो कम्पनी २०१६ मा स्थापना भएर इलेक्ट्रीक सवारी साधन निर्माणमा लागेको हो ।
कम्पनीले कारको बडीमा सोलार सेल्स इन्टिग्रेटेड सिस्टम प्रयोग गरेर कार निर्माण गरेको छ । कारलाई ब्याट्री तथा सोलार जुनै पनि माध्यममा सञ्चालन गर्न सकिने छ । सोलार चार्ज गर्नका लागि कारको रुफ, डोर र हुडलाइ प्रयोग गरि ३ सय ३० सोलार सेल राखिएका छन् ।
ब्याट्रीलाई फुल चार्ज गर्दा २५० किलोमिटर यात्रा गर्न सकिने छ । कम्पनीले उक्त कारको परीक्षण पुराभएको र अब भने उत्पादन सुरुगर्ने जनाएको छ । तापनि पुर्ण उत्पादन भने २०१९को मध्यतिर मात्र हुने छ ।
यो कारको हालसम्म ५ हजार यूनिट अर्डर आइसकेको कम्पनीको दाबी छ । कम्पनीले यसको मूल्य १६ हजार युरो राखेको छ । जर्मनीले सन् २०२० सम्म १० लाख यूनिट इलेक्ट्रिक कार सडकमा उतार्ने लक्ष्य लिएको छ ।

