टाटाका कारमा ३ लाख ४० हजारसम्म छुट, ६ दिनपछि मूल्य बढ्ने

काठमाडौं । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो पेट्रोलियम पदार्थबाट चल्ने कारमा ३ लाख ४० हजारसम्म छुट घोषणा गरेको छ ।

कम्पनीले अबको ६ दिनपछि आफ्ना सम्पूर्ण गाडीको मूल्य वृद्धि गर्ने तयारी गरेको छ । त्यसको लागि कम्पनीले ‘बाइ विफोर प्राइस हाइक, इट्स नाउ अर नेभर’ स्लोगनसहित लिमिटेड स्टकमा छुट घोषणा गरेको हो ।

अहिले पुरानो स्टक क्लियर गर्ने तयारीमा कम्पनी रहेको र चाँडै नयाँ मूल्यसूची सार्वजनिक हुने सिप्रदी ट्रेडिङले जनाएको छ । सिप्रदीले एचफाइभ, नेक्सन, अल्ट्रोज, टियागो, टिगोर र सफारी मोडल नेपालमा विक्री गर्दै आएको छ । कम्पनीले आफ्ना गाडीमा ३ वर्षको वारेन्टी प्रदान गरिरहेको छ ।


Back_to_top