नेपालमै बन्यो ९७ हजार मोटरसाइकल

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ९७ हजार २४० यूनिट मोटरसाइकल तथा स्कुटर एसेम्बल भएका छन् । अहिले नेपालमा बजाज, टीभीएस र क्रसफायरले मोटरसाइकल एसेम्वल गर्दै आएका छन् ।

बजाज र टीभीएसले भारतबाट एसेम्बल किट ल्याएर मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्दै आएका छन् भने क्रसफायरले चीनबाट ल्याएर एसेम्वल गर्दै आएको छ ।

बजाजले नेपालमा विक्री गर्ने सबै मोडलका मोटरसाइकल एसेम्वल गर्दै आएको छ । कम्पनीले बजाज पल्सर सिरिज, डिस्कभर, प्लाटिना, डोमिनार र एभेन्जर सिरिज एसेम्बल गर्दै आएको छ ।

त्यसैगरी, टीभीएसले केही मोडल मात्रै एसेम्बल गर्दै आएको छ । यद्यपि, कम्पनीले टीभीएसका धेरै मोडल पूर्ण तयारी अवस्थाको आयात गर्दै आएको जनाएको छ ।

गत आर्थिक वर्षमा १२५ सीसीसम्मका मोटरसाइल र स्कुटर ४२ हजार ४६ यूनिट नेपालमै एसेम्वल भएका छन् । त्यस्तै, १२५ देखि २०० सीसी क्षमताका मोटरसाइकल ३८ हजार २२ यूनिट र २०० देखि २५० सीसी क्षमताका मोटरसाइकल १६ हजार ८१४ यूनिट अनएसेम्वल्ड मोटरसाइकल ल्याएर एसेम्वल गरिएको हो ।

चीनबाट आयात भएका मोटरसाइकल २५० देखि ४०० सीसी क्षमताका ३५८ सीसीका मोटरसाइकल ल्याएर एसेम्वल गरिएको थियो ।


Back_to_top