अनलाइन प्लेटफर्ममार्फत गाडीको खरिद-बिक्री तथा सट्टापट्टा सम्बन्धी प्ल्याटफर्म संचालन गर्दै आएको कम्पनी ‘क्यास अन ह्वील’ ले डिटेलिङ र पोलिसिङ सेवासमेत एकै स्थानबाट प्रारम्भ गरेको छ।
गाडीको खरिद-बिक्रीसँगै डिटेलिङ र पोलिसिङ सेवासमेत एकै स्थानबाट प्रारम्भ गरेको कम्पनीका कार्यकारी निर्देशक मोहन भण्डारीले बताए । ह्यासल फ्रि, ट्रान्सपरेसी र पिस अफ माइन्ड भन्ने नारासहित सेवा सुरु गरेको यो कम्पनीले उचित मूल्यमा गाडीको खरिद बिक्री गर्ने भण्डारीले जानकारी दिए ।
‘ग्राहक आफूले गाडी बिक्री गर्दा उचित मूल्य नपाउने हो कि भन्ने चिन्तामा हुने गरेको हामीले पाएका छौ । हामीकहाँ अनुभवी भ्यालुएटरहरुले गाडीको मूल्यांकन गरेर उचित मूल्य निर्धारण गर्नुहुन्छ,’ उनले भने, ‘ग्राहकले उचित मूल्य पाउने ग्यारेन्टी हामीले गरेका छौं ।
कम्पनीले ३० लाखभन्दा कम मूल्यको गाडीमा २५ हजार र सोभन्दा बढी रकम पर्ने गाडीमा ५० हजार रुपैयाँ सेवा शुल्क लिने गरेके जनाएको छ । यसका साथै ग्राहकले पाएको मूल्य तिरेको कमिसन, सरकारी राजस्व र मर्मतलगायत सबै खर्च पारदर्शी हुने र ग्राहकले ठगिएको शंका गर्नु नपर्ने कम्पनीको दाबी छ ।
यो भर्चुअल पार्किङ भएकोले यसमा पार्किङ र छनोट असीमित हुने भण्डारी बताउँछन्। ‘हामी एकैपटक हजारौं गाडी पार्किङ गर्न सक्छौं। किन्न सक्छौं। त्यसैले थोरै मार्जिनमै हामी काम गर्न सक्छौं,’ उनले भने।
यो सेवा हालसम्म दुई सयभन्दा बढी ग्राहकले लिइसकेको र इच्छुक ग्राहक उच्च रुपमा बढ्दै गएपछि आफूहरुले पोखरा र इटहरीबाट समेत सेवा प्रदान गर्न थालिसकेको भण्डारीले बताए । छिटै बुटवलमा समेत शाखा विस्तार गरिने उनको भनाइ छ ।


