रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकल सार्वजनिक

काठमाडौं । रोयल इनफिल्ड कै सबैभन्दा कम मूल्यको मोटरसाइकल हन्टर ३५० भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले अगस्ट ७ तारिखमा हन्टर सार्वजनिक गरेको हो ।

कम्पनीले सुरुवाती मूल्य १ लाख ४९ हजार भारतीय रुपैयाँ निर्धारण गरेर हन्टर ३५० सार्वजनिक गरेको हो । यो रोयल इनफिल्डका मोटरसाइकल मध्य सबैभन्दा कम मूल्य भएको मोटरसाइकल हो । यसका साथै हन्टर ३५० रोयल इनफिल्डकै सबैभन्दा कम तौल भएको मोटरसाइकलसमेत भएको छ । यसको कुल तौल १७७ किलोग्राम रहेको छ ।

हन्टर ३५० तीन भेरियन्टमा सार्वजनिक गरेको हो । जसमा हन्टर रेट्रो, हन्टर मेट्रोर र हन्टर मेट्रो रेवेल रहेको छ ।

हन्टर रेट्रो यसको वेस भेरियन्ट रहेको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । वेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसका अन्य भेरियन्टमा भने डबल डिस्क ब्रेक तथा कनेक्टेड फिचरसहितको कन्सोलका साथै डबल च्यान एबिएस उपलब्ध छ । वेस भेरियन्टमा भने सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।

रोयल इनफिल्डले हन्टरमा पनि ३५० सीसी क्षमताको इन्जिन रहेको छ । कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको हो । रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टरमा दिइएको छ ।

हन्टरमा ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड सिस्टम रहेको छ । यो इन्जिनले ६१०० आरपीएममा अधिकतम २०.२ हर्सपावर र ४००० आरपीएममा अधिकतम २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । इन्जिनसँग ५ स्पीडको गियरबक्स रहनेछ ।


Back_to_top