काठमाडौं । सुपर सोको टीएस स्ट्रीट हन्टरको बुकिङ खुल्ला गरेरको छ । कम्पनीले अजोस पहिलो हप्ता डेलिभरि गर्ने गरि बुकिङ लिन सुरु गरेको हो । ।
सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी डि लाइफ स्टाइलले टीएस स्ट्रीट हन्टरको बुकिङ खोलेको हो । कम्पनीले यसको बुकिङ लिमिटेड रहेको जनाइएको छ ।
कम्पनीका अनुसार टीएस स्ट्रीट हन्टर भदौको अन्तिम हप्तासम्म नेपालल आइपुग्ने छ भने डेलिभरि असोजको सुरुवातमा नै सुरु हुनेछ ।
कम्पनीले नयाँ भित्र्याउन लागेको इलेक्ट्रीक मोटरसाइकल टीएस स्पोर्टस् डिजाइन मोटरसाइकल हो । यो मोटरसाइकल अग्रसिभ डिजाइनमा रहेको छ ।
आर्कषक एलइडी डिआरएलसहितको हेडल्याम्प, ठूलो बुट स्पेस दिनुका साथै कम्र्फट सिट यसको विशेषता हो । यसमा कम्पनीले १७ इन्चको वाइडर टायर दिइको छ भने दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध छ । यसमा कोम्बी ब्रेकिङ सिस्टमा पाउन सकिन्छ ।

सुपर शोकोले यसमा स्मार्ट रिमोट कि तथा एन्टिथेफ्ट अर्लाम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । साथै, ३.५ किलोवाटको मोटर रहेको छ । यसमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । एउटा मात्रै ब्याट्रीले १०० किमि र दुई वटै ब्याट्रीको कम्बाइन २०० किमि रेन्ज रहने छ ।
यो मोटरसाइकलको टप स्पीड क्षमता ७५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा १८४ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
यो मोटरसाइकलको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । डबल ब्याट्री अप्सनको मूल्य भने ४ लाख ७८ हजार ९०० रुपैयाँ रहेको छ । ग्राहकले सुपर शोकोको शोरुममा सम्पर्क गरेर यो मोटरसाइकल बुकिङ गर्न सक्नेछन् ।

