बेनेली लियोसीनो ५०० आउँदै, रोयल इन्फिल्ड ६५० सगँ प्रतिस्प्रर्धा

इटालियन बाइक निर्माता बेनेलीले २०१९ सम्ममा १२ नयाँ उत्पादनलार्इ बजारमा ल्याउने भएको छ । 

त्यसै मध्य एक हो बेनेली लियोनसीनो ५०० बाइक । कम्पनीले यो बाइकलाइ महत्वपूर्ण रुपमा लिएको बताएको छ ।

कम्पनीले लियोनसीनो ५००को सिब्लिङ मोडल २०१९ को मध्यतिर भारतीय बजारमा लन्च गर्ने जनाएको छ । कम्पनीले यो बाइकलार्इ स्क्याम्बलर डिजाइनमा बनाउने छ ।

टीआरके ५०२ नामक ५०० सीसी लिक्वुड कुल्ड इन्जिन क्षमता रहेको यो बाइकमा ४८ पीएस पावर तथा ४५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स दिइएको यो बाइकले रोयल इन्फिल्डको अपकमीङ बुलेट ६५० बाइकसँग प्रतिस्प्रर्धा गर्ने छ । 


Back_to_top