काठमाडौं । टाटा मोटर्सले आगामी बुधबार टियागो ईभी लन्च गर्ने भएको छ । भारतीय बजारमा बन्ने सबैभन्दा सस्तो ईभी हुने अनुमान गरिएको टियागो ईभीको लन्चपछि टाटा मोटर्सले थप दुई नयाँ ईभी लन्च गर्ने भएको छ ।
टाटाले आफ्नो प्रिमियम ह्याचब्याक अल्ट्रोज र माइक्रो एसयूभी पन्चलाई पनि इले्क्ट्रीक पावरट्रेनमा छिटै लन्च गर्ने भएको हो । टाटाले सन् २०२० को अटोशोमै अल्ट्रोज ईभी शोकेस गरेको थियो ।
टाटा अल्ट्रोजमा नेक्सन ईभी प्राइमकै पावरट्रेन हुनेछ भने यसको रियल लाइफ रेन्ज ३०० किलोमिटर हुने विश्वास गरिएको छ । अल्ट्रोज ईभीमा डीसी फास्ट चार्जिङ सहित मल्टिपल चार्जिङ अप्सन रहनेछ । नयाँ ईभीमा इलेक्ट्रीक ब्लू एसेन्ट सहितको नयाँ कलर अप्सनमा उपलब्ध हुनेछ ।
त्यस्तै,टाटाले अल्ट्रोजको लगत्तै नयाँ पन्च ईभी लन्च गर्नेछ । पन्च ईभीको पोजिसनिङ टियागो ईभीभन्दा माथि रहनेछ । र, यसमा टियागोमै प्रयोग भएको पावरट्रेन प्रयोग हुनेछ ।

टिगोर ईभीमा टिगोर ईभीको जस्तै ७० किलोवाटको मोटर रहने छ । जसले ७५ हर्सपावर र १७० न्यूटन मिटरको टर्क उत्सर्जन गर्छ । यसमा २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेने छ, जसले ३०६ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

